दिल्लीमा एकैदिन थपिए पाँच हजारभन्दा बढी नँया संक्रमित

दिल्लीमा एकैदिन थपिए पाँच हजारभन्दा बढी नँया संक्रमित

भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले जानाएअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन् ।

दिल्ली प्रदेशमा कोरोना भाइरसबाट अहिलेसम्म तीनलाख ८१ हजार ६४४ जना संक्रमित भएका छन् । पछिल्लो समयमा दिल्लीमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । दिल्लीमा यसअघि गत बिहीबार पाँच हजार ७३९ जना नयाँ संक्रमित भेटिएका थिए भने बुधबार पाँच हजार ६७३ जना भेटिएका थिए । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार दिल्लीबाट चार हजार ४३३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन । 

दिल्लीमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको संख्या तीन लाख ४२ हजार ८११ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले दिल्लीमा अहिले ३२ हजार ३६३ जना अझै पनि संक्रमित अवस्थामै रहेको पनि उल्लेख गरेका छन् । त्यसैगरी कोरोना भाइरसका कारण दिल्लीमा अहिलेसम्म छ हजार ४७० जनाको मृत्यु भएको छ ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.