हवाई आक्रमणमा नौ बालबालिकाको मृत्यु

हवाई आक्रमणमा नौ बालबालिकाको मृत्यु

अजरबैजान : अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ। अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको सो द्वन्द्वमा परेर ती बालबालिकाको ज्यान गएको जनाएको हो।  

अजरबैजान र अर्मेनियाबीच पछिल्ला केही हप्ता विवादास्पद क्षेत्र नागोर्नो काराबाखमा द्वन्द्व जारी छ। त्यहाँ भएका एक अर्का विरुद्धका आक्रमणहरुमा सयौं नागरिकले ज्यान गुमाएका छन्। यी दुई देशका बीचमा दुई पटकसम्म युद्धविराम भएको भए पनि युद्धविरामको पालना नभएको बताइएको छ। जसका कारण अहिले पनि द्वन्द्व जारी नै छ। 

अजरबैजानका शिक्षा मन्त्री अमिन अम्रुल्याएभले सो कुराको जानकारी दिएका हुन्। उनले उक्त क्षेत्रमा पछिल्लो समय सुरु भएको दुई देशबीचको द्वन्द्वका कारण नौ जना छात्रछात्राको ज्यान गएको बताए।

शिक्षा मन्त्री अम्रुल्याएभले गत सेप्टेम्बर महिनाबाट जारी रहेको यस द्वन्द्वमा परेर विद्यालयमा अध्ययनरत नौ जना छात्रछात्राको ज्यान गएको बताएका हुन्। दुई देशका बीचमा गएको सेप्टेम्बर २७ मा युद्ध भड्किएको थियो र त्यस यता आक्रमण जारी रहेको बताइएको छ। नोगोर्नो काराबाख क्षेत्रलाई आफ्नो दाबी गर्दै दुवै आक्रमण गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.