करेन्ट लागेर विद्युत प्राधिरणका प्राविधिकको मृत्यु

करेन्ट लागेर विद्युत प्राधिरणका प्राविधिकको मृत्यु

बर्दिबास : महोत्तरीको बर्दिबास विद्युत प्राधिकरणका प्राविधिकको करेन्ट लागेर ज्यान गएको छ। मृत्यु हुनेमा रौतहटको पौराहा गाउँपालिका-६ का ३२ वर्षीय गौरीनन्द  पण्डित रहेको नेपाल विद्युत प्राधिरण उप-शाखा बर्दिबासका लाइन मर्मत शाखाका प्रमुख सुशील महतोले जनाए।

ट्रकले चुडाएको तार जोड्न बर्दिबास-१ स्थित सडक किनारको पोलमा चढेका पीडितलाई करेन्ट लागेको थियो। करेन्ट लागेर पोलमै झुण्डिको देखेपछि गाउँलेले सुकेको बासको भाँटाले तारमा हानेर उनको उद्धार गरी उपचारका लागि हस्पिटल पुर्‍याएका थिए। 

बर्दिबास जनसेवा अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारका लागि एम्बुलेन्समा राखेर पण्डितलाई जानकी हेल्थकेयर जनकपुर पठाइएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि स्पेशल उपचारका लागि डाक्टरले काठमाडौं रेफर गरेको थियो। सोही क्रममा जनकपुरमै उनको मृत्यु भएको थियो। उनलाई काठमाडौं पठाउन हेलिकप्टरको मगाइएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.