फिलिपिन्समा विनाशकारी आँधीबाट ४ को मृत्यु, हजारौँ विस्थापित

फिलिपिन्समा विनाशकारी आँधीबाट ४ को मृत्यु, हजारौँ विस्थापित

मनिला : फिलिपिन्समा गोनी नामको आँधीका कारण कम्तिमा चार जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुले विनाशकारी आँधीको खतरा देखाउँदै नागरिकलाई सचेत गराएका छन् । जसले गर्दा समुद्र किनारका हजारौँ मानिस विस्थापित भएका छन् । सरकारी आँधी मापन निकायले दिएको जानकारी अनुसार यहाँ प्रतिघण्टा ३१० किलोमिटरका दरले तीव्र रुपमा आँधी आएको छ ।

साथै कतिपय स्थानमा ठूलो मात्रामा भौतिक संरचना भत्किएका छन् । घरका छाना उडाउनुका साथै अरु संरचनामा क्षति पुगेको छ । देशको दक्षिणी क्षेत्रमा २२ जनाको ज्यान जाने गरी मोलेभ नामको आँधी आएर क्षति पुर्याएको एक सातापछि नै गोनी आँधी आएको हो ।

आइतबार आएको आँधीबाट अलबे प्रान्तमा एक बालकसहित चार जनाको मृत्यु भएको हो । राजधानी मनिलामा समेत नदी किनारका बस्तीबाट अधिकांश मानिस विस्थापित भएका छन् । फिलिपिन्समा कोरोनाभाइरसको महामारीबाट भने ३ लाख ७८ हजार भन्दा धेरै संक्रमित बनेका छन् । साथै ७ हजार १ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.