२४ घण्टामा २८ सय २४ संक्रमित थपिए, ३६ सय २० जना डिस्चार्ज

२४ घण्टामा २८ सय २४ संक्रमित थपिए, ३६ सय २० जना डिस्चार्ज

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ७३ हजार ५६७  पुगेको छ। पछिल्लो २४ घण्टामा २८ सय २४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

 ३७ हजार ७६५ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ६ हजार ७७९ जना छन्। यस्तै क्वारेन्टाइनमा २ हजार ३८६ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार २३ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार ३६ सय २० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ। 

आइसीयूमा २८३ र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ९६० जनाको मृत्यु भएको छ। आइतबार मात्रै २३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.