हिमाल आरोहणमा आकर्षण

हिमाल आरोहणमा आकर्षण

काठमाडौं : कोरोना भाइरस महामारीबीच पनि शरद ऋतुमा हिमाल आरोहणमा विदेशी पर्यटकको आकर्षण बढेको छ। कोरोनाबाट जोगिन सकारले गत चैत ११ देखि बन्द गरेको हिमाल आरोहणको अनुमति कात्तिक १ देखि खुला गरिएको छ। 

हिमाल आरोहण र पर्वतारोहणको दोस्रो मौसमका रूपमा रहेको शरद ऋतुका लागि आइतबारसम्म ९९ जनालाई हिमाल आरोहण अनुमति दिइएको छ। ३८ जना विदेशी पर्यटकलाई ६ हजार मिटर माथिका हिमाल आरोहण अनुमति दिइएको पर्यटन विभाग, पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्। यस्तै ६१ जना पर्यटकलाई ६ हजार मिटरसम्मका हिमाल आरोहण अनुमति दिइएको नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले बताए। कुल ९९ जना पर्वतारोहीबाट करिब २४ लाख रुपैयाँ राजस्व संकलन हुनेछ। 

नेपालको पर्वतारोहण र हिमाल आरोहण गर्न ५,५५० मिटर अग्लो छुकुङदेखि लिएर ८,८४८ मिटर अग्लो सगरमाथालगायत चुचुराको आरोहण अनुमति दिइएको छ। शरद याम मुख्य गरी ससाना ‘ट्रेकिङ पिक’का लागि लोकप्रिय छ। तीमध्ये सरकारले ३३ वटा साना हिमाललाई ‘ट्रेकिङ पिक’का रूपमा मान्यता दिएर नेपाल पर्वतारोहण संघलाई हिमाल चढ्न चाहने आरोहीलाई अनुमति दिने, शुल्क उठाउनेलगायत जिम्मेवारी दिइएको छ।

हिमाल आरोहण अनुमति पाएका विदेशी पर्यटकले अध्यागमन विभागबाट अनअराइभल भिसा उपलब्ध गराउने सरकारको प्रावधान छ। कोरोनाका कारण विदेशी पर्यटकका लागि भिसा खुला गरिएको छैन। त्यसैले हिमाल आरोहण अनुमति पाउने पर्यटकले सम्बन्धित निकायको सिफारिसपछि अध्यागमन विभागले अनअराइभल भिसा उपलब्ध गराउने व्यवस्था गरिएको छ। हिमाल आरोहणका लागि सार्वजनिक गरिएको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार यो व्यवस्था हाललाई लागू भइरहेको पर्यटन विभागका अधिकारी बताउँछन्।

विभागको पछिल्लो तथ्यांकअनुसार बरुणका लागि ६, मनास्लुका लागि १८, ग्याल्जेनका लागि ३, आमादब्लमका लागि ६ जना र हिमलुंगका लागि ७ जनालाई आरोहण अनुमति दिइएको निर्देशक आचार्यले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिइन्। अघिल्ला वर्षको तुलनामा यो संख्यालाई दाँज्न नसकिने भन्दै आचार्यले तर कोरानाका बीचमा नेपालको पर्वतारोहणमा देखिएको विदेशीको चासोलाई उपलब्धिका रूपमा हेरिएको बताइन्। यसले आगामी २०२१ को वसन्त ऋतुमा सहयोग गर्ने बताइन्।

मुलुकको पर्यटनमा पर्वतारोहण राजस्व संकलनमा पनि महत्वपूर्ण मानिन्छ। हिमाल आरोहणको दस्तुरबापत एउटा सिजनमा करोडौं रुपैयाँ विदेशी पैसा भित्रिने गर्छ। २०२० को वसन्त याममा पर्वतारोहणबाट झन्डै आधा अर्ब रुपैयाँ संकलन भएको थियो। विश्वमा कोरोना संक्रमण फैलिइरहेको र नेपाल त्यो बेलासम्म सुरक्षित रहेकाले पनि राजस्व संकलनमा खासै असर गरेको थिएन। तर, शरद ऋतुमा भने कोरोना अझै विश्व महामारीका रूपमै रहेकाले राजस्व संकलमा असर पुग्नेछ। 

नयाँ सुरक्षा मापदण्ड
पर्यटन मन्त्रालयले पर्वतारोहण र पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने सर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ। मापदण्डअनुसार पर्वतारोहणका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनुपूर्व नै नेपालको भिसा प्राप्त गर्नुपर्नेछ।

सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्नेछ। उनीहरूका लागि अध्यागमन विभागले अनअराइभल भिसा दिनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.