रंगीन संसारमा मनीषा

रंगीन संसारमा मनीषा

काठमाडौं : जीवनमा एक चोटि प्रायः सबैलाई राम्रो हुने, नक्कल पार्ने र अभिनय गर्ने रहर जाग्छ। बाल्यकालदेखि नै नृत्य र अभिनयमा रुचि राख्ने मोडल मनीषा लकान्द्री कुशल मोडल तथा नायिका बन्ने सोच लिएर कला क्षेत्रमा आएकी थिइन्। उनले यो क्षेत्रमा तीन वर्ष बिताएकी छन्। 

मोडलिङ आफैंमा एउटा राम्रो सम्भावना बोकेको क्षेत्र हो जुन एउटा कलाकारले अवसर पाउने माध्यम हो। अभिनय र नृत्य विधामा राम्रा सम्भावना बोकेका कलाकारले यसैको माध्यमबाट विभिन्न अवसर पाइरहेका हुन्छन्। वास्तवमा कलाकारिता एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ। 

यही उद्देश्य बेकेर आएकी मनीषा उर्लाबारी मोरङकी स्थायी बासिन्दा हुन्। विभिन्न र्‍याम्प, स्टेज कार्यक्रममा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गर्दै आइरहेकी उनले आधा दर्जन म्युजिक भिडियोमा काम गरेकी छन्। भर्खरै दुई सातामा उनी अभिनीत लोक गायक बद्री पंगेनीको स्वर रहेको गीत ‘बाटो हेरी नरोऊ आमा’ र ‘बेरोजगार पीडा’ सार्वजनिक भएको छ। लामो समय कोरोना कहरका कारण धेरै भिडियो छुटेको र दसैंलगत्तै केही राम्रा ब्यानरका भिडियो सुटको तयारीमा रहेको उनले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.