‘तोरी फुल्यो बारीमा ...’
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८ किमडाँडाको गोलखाड, खाल र घोचाकोटमा तोरी फुलेर गाउँ नै पेहेँलो बनाएको छ।
तोरी फुलेपछि गाउँलाई नै सुन्दर बनाएको छ। मकैबाली भित्र्याइसकेपछि बारीमा छरेको तोरीले गाउँको रौनकता बढेको हो।
तेलका लागि छरेको तोरीले माहुरीपालन व्यवसायलाई समेत फाइदा पुगेको कृषकहरूको भनाई छ।
तोरी फुलेपछिको सुन्दर गाउँका दृश्यलाई अन्नपूर्ण संवाददाता प्रेमनारायण आचार्यले क्यामेरामा कैद गरेका छन्: