जडिबुटीसहित ५ जना पक्राउ

जडिबुटीसहित ५ जना पक्राउ

बेंसीसहर : जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध जढिबुटी कारोबार गर्ने ५ जनालाई पक्राउ गरेको छ । १९ लाख ३२ हजार २ सय ९० रुपैयाँ बराबरको अवैध जडिबुटीसहित ५ जना कारोबारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मनाङबाट बेंसीसहर आउँदै गरेको ग १ ज ७४५३ नम्बरको पिकअप भ्यानबाट १६ किलो जटामसी, १ सय २४ किलो बुकीफूल, ५३ किलो धुपीपात, ९ किलो सुनपाती, १३ किलो भोजपत्र गरी २ सय १५ किलो जडिबुटी बरामद गरिएको प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

अवैध रुपमा जडिबुटी ओसारपसारमा संलग्न मनाङको नार्पाभूमि गाउँपालिका २ का ४५ वर्षीय लाम्पा छिरिङ लामा र मनाङ ङिस्याङ गाउँपालिका ३ की २९ वर्षीया पल्मु लामासहित जिप चालक लमजुङको दोर्दी गाउँपालिका ८ का ३१ वर्षीय कर्ण गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अवैध जडिबुटी र ओसारपसारमा संलग्न व्यक्ति पक्राउ पछि विशेष सूचनाको आधारमा बेंसीसहरका २ घरमा खानतलासी गर्दा बेंसीसहर नगरपालिका ८ की ४४ वर्षीया शान्ताकुमारी तामाङ र ४६ वर्षीय मीनबहादुर तामाङ पनि जडिबुटीसहित पक्राउ परेका छन् ।

शान्ताको घरबाट प्रतिबन्धित जडिबुटी पाँचऔंले ८ किलो बरामद गरिएको थियो । मिनबहादुरको घरबाट साढे ३ किलो पाँचाऔंले, निरमसी ५३ किलो, मजिठो १४ किलो, पिप्ला २ सय ४१ किलो, सतुवा साढे ८ किलो, जटामसी साढे २ किलो, ढालिङ १ सय ६ किलो, कुड्की ५४ किलो गरी कूल ४ सय ८२ किलो अवैध जडिबुटी बरामद गरिएको डीएसपी थापाले बताए ।

बरामद गरिएको जडिबुटीसहित ५ जनालाई आवश्यक कारबाहीको लागि आइतबार डिभिजन वन कार्यालय लमजुङ पठाइएको छ । डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीले अवैध जडिबुटीसहित ओसारपोसारमा संलग्न व्यक्तिलाई अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.