बुटवलमा पूर्वराजाको पक्षमा जनप्रदर्शन

बुटवलमा पूर्वराजाको पक्षमा जनप्रदर्शन

बुटवल : पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा बुटवलमा ठूलो जनप्रदर्शन र र्‍याली निकालिएको छ ।

मुलुकमा राजनीतिक खिचातानी बढिरहेका बेला बीर गोर्खाली अभियानको आयोजनामा मोटरसाइकल र्‍याली निकालिएको हो । रुपन्देहीको मणिग्रामबाट निकालिएको र्‍यालीमा सयौं मोटरसाइकल सहभागी भएका थिए । पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलको तस्बिर छापिएका टिसर्ट लगाएका युवाहरु राष्ट्रिय झण्डा बोकेर र्‍यालीमा सहभागी थिए ।

देश र श्रीपेचको रक्षाका लागि र्‍याली निकालिएको आयोजक बीर गोर्खाली अभियानले जनाएको छ । मणिग्रामबाट निस्किएको र्‍याली बुटवलको गोलपार्क परिक्रमा गरी ट्राफिकचोकमा आइ कोणसभामा परिणत भएको थियो । कोणसभामा कार्यक्रम संयोजक बसन्त विक्रम पाण्डेले राष्ट्रिय एकता र राष्ट्र बचाउन सडकमा निस्किएको बताए ।

यस क्रममा हिन्दु राष्ट्रको पुर्नस्थापना समेत माग गरिएको थियो । र उक्त अभियान देशव्यापी चलाइने बताइएको छ । कोणसभामा अभियानका रुपन्देही संयोजक प्रविन थापा, डिल्लीराज खनाल लगायतले बोल्दै राजसंस्था र हिन्दु राष्ट्रका लागि अभियानमा सहभागी हुन सबैलाई अपिल समेत गरे । मुलुकको निकासका लागि पुन राजसंस्थाको विकल्प नभएको उनीहरुको जिकिर छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.