पैसा नहुँदा छट्पटाउँदै बिरामी

पैसा नहुँदा छट्पटाउँदै बिरामी

दैलेख : दैलेखकी रिमा विकका दुवै मिर्गौलाले काम गर्न छाडेका छन्। तर उपचारका लागि रकम नहुँदा उनी अस्पतालको शय्यामा छट्पटाउँदै छन्। ३८ वर्षीया रिमा हाल काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा जीवन मरणको दोसाँधमा छन्।

उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जाने उनको परिवारसँग आर्थिक स्रोत थिएन। सामान्य उपचारमै दैलेख, सुर्खेत, नेपालगन्जलगायत अस्पताल चहारिन्। तर, निको भएन। अन्ततः उनका पति मनिलाल विकले ऋण काढेर पत्नीलाई काठमाडौं पुर्‍याए। त्यहाँ जाँच गर्दा दुवै मिर्गौला फेल भएको पत्ता लाग्यो। फोक्सोमा पानी जमेको र मुटुमा समेत समस्या देखिएको रिमाकी छोरी प्रतीक्षा विकले बताइन्। चिकित्सकका अनुसार दुईवटै मिर्गौला फेल भएकी उनको मिर्गौला फेर्नुको विकल्प छैन। 

रिमाको मिर्गौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नु परेको रिमाका पति मनिलालले बताए। ज्याला मजदुरी गरेर जीविकोपार्जन गरेको यो परिवार सात वर्षअघि दैलेखको नौमुले गाउँपालिका–१ तोलीबाट घर जग्गा बेचेर नारायण नगरपालिका–६ काँडाचौरमा बसाइँ सरी आएको थियो। उनीहरू कोठाभाडामा बसेर ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन्। रिमाका चार छोराछोरी छन्। ‘आमाको उपचारमा हालसम्म १५ लाख खर्च भइसकेको छ’, छोरी प्रतीक्षाले भनिन्, ‘अस्पतालले मिर्गौला प्रत्यारोपण र मुटुको अप्रेसनका लागि झन्डै ५० लाख खर्च लाग्छ भनेको छ, यति ठूलो रकम कहाँबाट ल्याऊँ ?’ 

आमालाई बचाउन मिर्गौला दिन आफू तयार रहे पनि आर्थिक क्षमता नभएको प्रतीक्षा बताउँछिन्। आमाको उपचारमा सबै रकम सकिएपछि कोठाभाडा तिर्नसमेत नसकेको छोरी प्रतीक्षा बताउँछिन्। उनले आमाको उपचारमा सहयोग गरिदिन सबैलाई आग्रह गरिन्। निम्न आर्थिक अवस्था भएका यो परिवारले रिमाको हालसम्म उपचार गराउँदा भएभरको जायजेथा सकिएपछि जीवन बचाइदिन सबैसँग सहयोग याचना गरेको छ। साथीभाइ सबैसँग सरसापटी गर्दासमेत पत्नीको मिर्गौला फेर्न नसकेको रिमाका पति मनिलाल बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.