रसुवामा चिस्यान केन्द्र

रसुवामा चिस्यान केन्द्र

नुवाकोट : किसानको सुविधाका लागि रसुवामा चिस्यान केन्द्र सञ्चालन गरिएको छ। स्थानीयस्तरमा कृषि उत्पादन बढ्दै जाँदा रसुवाको नौकुण्ड गाउँपालिकाले चिस्यान केन्द्र सञ्चालनमा ल्याएको छ। 

सो केन्द्र खाल्चेत तरकारी पकेट सञ्चालक समितिको स्वामित्वमा छ। खाल्चेत र जिवजिवेको बीचमा पर्ने घट्टेखोलाको पहिरोका कारण किसानहरूले उत्पादन गरिएको तरकारी खेर जाने गरे पनि अहिले सहज भएको छ।

‘चार–पाँच दिन पानी पर्दा किसानले लगाएको तरकारी खेर जान्थ्यो,’ किसानले भने, ‘अहिले यो समस्याबाट मुक्ति पाएका छन्।’ केन्द्रमा झन्डै पाँच टन तरकारी तथा फलपूmल भण्डारण गर्न मिल्छ। 

यसमा सात दिनसम्म तरकारी, फलफूल भण्डारण गर्न सकिन्छ। केन्द्रमा न्यूनतम प्लस चार डिग्री तापक्रम हुन्छ। मानइस डिग्रीमा तरकारी तथा फलफूल बिग्रने र यसमा अटो सिस्टम हुने हुँदा तरकारी बिग्रिँदैन।  यसअघि गाउँपालिका भन्दापूर्व कृषि कार्यालयसम्म कृषकको पहुँच थिएन। 

यसअघि गाउँमा उत्पादित आलु बोकेर रसुवा र नुवाकोटको विभिन्न स्थानमा पुग्नुपर्ने बाध्यता थियो। स्थानीय सरकार आउनुअघि कृषि कार्यक्रम सञ्चालन गर्न भोर्ले सेवा केन्द्र स्थापना भएको थियो।

हाल रसुवाका गाउँगाउँमा आधुनिक कृषि औजार पुगेको छ। गाउँपालिका हुनुअघिको कृषक र कृषि प्राविधिकबीचको खाडल पुरिएको छ। यसबाट  व्यावसायिक कृषिमा लाग्ने कृषक बढ्दै गएका छन्। गाउँपालिकालाई कृषि र फलफूलमा आत्मनिर्भर बनाउन विभिन्न योजनाहरू सञ्चालनमा ल्याइएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.