रमणको ‘मेसो पा छैन’

रमणको ‘मेसो पा छैन’

काठमाडौं : गायक रमण रेग्मी अहिले चर्चामा छन्। उनले हालै सार्वजनिक गरेको ‘मेसो पा छैन’ बोलको गीतको सफलतासँगै उनको चर्चा चुलिएको हो। गीतमा दर्शकले दिएको सकारात्मक प्रतिक्रियाबाट आफू उत्साहित भएको उनले बताए।

लामो समयदेखि गीतसंगीतमा सक्रिय ‘रेग्मी’ पछिल्लो समय अस्ट्रेलिया बस्दै आएका छन्। उनी सिडनीमा आयोजना भएको साउथ एसियन म्युजिक प्रतियोगितामा सहभागी भएका थिए। सात देशका गायक गायिका सहभागी उक्त कार्यक्रममा उनी दोश्रो स्थान प्राप्त गर्न सफल भए।

२०५५,०५६ सालबाट तीन वर्षको संगीत प्रशिक्षणपछि गायनमा होमिएका उनको पहिलो एल्बम ‘समर्पण’ हो। नौवटा गीत समेटिएको उक्त एल्बमको ‘हुन्छ नि बैंशमा’ बोलको गीतले निकै चर्चा पाएको थियो।

केही अगाडि उनले ‘इन्स्पिरेसन’ नामक एल्बम अस्ट्रेलियाबाटै सार्वजनिक गरेका थिए। अहिले चर्चामा रहेको गीत ‘मेसो पा छैन’ यही एल्बममा समावेश गीत हो। ‘इन्स्पिरेसन’मा पाँच गीत रहेका छन्। एल्बमको रिमेक गीत ‘घर त लगनखेल’ पनि राम्रै चल्यो। एल्बम बिक्रीबाट आएको रकम पवित्र सेवा समाजलाई हस्तान्तर गर्दै आएका उनी अस्ट्रेलियामा आयोजना हुने स्थानीय कार्यक्रममा पनि सहभागिता जनाउने गर्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.