भित्तामा सिर्जना सजाउँदै परु

भित्तामा सिर्जना सजाउँदै परु

स्याङ्जा : दृढ इच्छाशक्ति र परिश्रमले सिर्जनशिलता जन्माउँछ। सोही सृजनशिलताले जन्माएको कलाले सोन्दर्य र मनोरञ्‍जन भरिदिन्छ भने झैं पोखरा महानगरपालिका १४ का ३५ वर्षीया पार्वती अधिकारी (परु) ले लकडाउनको समय सदुपयोग गर्दै भित्ते आर्ट सुरु गरिन्।

छोटो समयमै निकै राम्रा चित्र बनाएकी छन्। लकडाउनअघि खाली रहेका घरका भित्ता र भर्‍याङ्मा अहिले कलात्मक चित्र कोरिएका छन्। पंखा झुण्ड्याउने ठाउँ हो वा बिजुली बल्ब भएको ठाउँलाई पनि उनको कलाले भरेको छ। 

सेता रंग पोतिएका ती भर्‍याङ् र घरको भित्तामा अहिले सूर्योदयदेखि हिमाल र बुद्ध नेपालकै हो भन्ने चिनाउनेगरी आर्कषक चित्र कोरिएको छ। सानो उमेरदेखि कागजका चित्र बनाउने परुले अहिले भित्तामा आर्ट (वाल आर्ट) गर्न थालेकी हुन। 

वाल आर्ट निकै गाह्रो र चुनौतीपूर्ण काम भएको उनले बताईन। ‘वाल आर्ट मिलाउन र सेप दिन निकै कठिन हुन्छ, त्यसमा पनि महिलाका लागि  गाह्रो काम भएकाले यस क्षेत्रमा महिला निकै कम छन्’, परु भन्छिन्।'

घरको मुलढोकाबाट छिरेर भर्‍याङ् चढेपछि देखिने सूर्योदयसँगै रुखको हागाँमा बसेका जोडी र बेजोडी चरा र दिन र रातको प्रतिकात्मक चित्र देख्न पाइन्छ। जसले सबैको मन तान्न सक्षम छ। अधिकारीले भनिन्, 'जसरी सूर्योदयसँगै नयाँ बिहानीको जन्म हुन्छ, त्यसरी नै म पनि वाल आर्टमा आउन चाहेकी हुँ।’ 

दिनभरको थकान र मनैभरी दुख र व्यथालाई भित्ताका कलाले क्षणभरमै खुशी ल्याइदिने कलाको शक्ति हुन्छ उनले भनिन् । ‘जहाँ इच्छा त्यही उपाय भने झैं’ पहिलो वाल आर्टमा घर बनाउदा बचेकुचेका रंगको प्रयोग भएका छन्। लकडाउनका बेला पसल बन्द थिए। बजारमा व्रस किन्न पाइएन। कान सफा गर्ने (एअर बर्डको) प्रयोग गर्दे सूर्यौदयको चित्र बनाए। राम्रो प्रतिक्रिया पाएपछि अहिले अरु पनि बनाउन थालेको उनले थपिन्।

विश्वको अग्लो चुचुरो सगरमाथा र शान्तिका दूत गौतम बुद्ध पनि नेपालकै हुन भनी विश्व सामु चिनाउन दुबैलाई एकै ठाउमा राखि चित्र बनाएकी छन्। धेरेले सगरमाथा र बुद्ध चिने पनि नेपाल देश चिन्न नसकेको बताउदै नेपालको नक्सा सहित सगरमाथा र बुद्धलाई अटाएको भित्ते चित्र बनाएको उनको भनाइ छ। 

उनले बनाएका चित्रमा इनामेल र आर्किलिक रंगहरु, पानी रंग, मार्कर, स्केल, पेन्सिल, इरेजर र व्रसको प्रयोग भएको छ। विहान बेलुका घरधन्दा सकेर स साना नानी बाबुलाई सुताएपछि उनको भित्ते चित्र लेखन सुरु हुन्छ। 

रातमा २/३ घण्टा बसेर चित्र बनाउने गरिन्। पछिल्लो चित्र सगरमाथा, गौतमबुद्धको चित्र बनाउन झण्डै २ साता लाग्यो। आर्टका लागि कुनै पनि शिक्षण तथा तालिम नलिएको बताउने उनले बिभिन्न आर्टिस्टसंगको समन्वय र सल्लाह सुझावले भित्ते कला सिकेको उनको भनाइ छ। 

स्कुले उमेरदेखि नै राम्रो चित्रकला बनाउन जान्ने उनी समय र कलाले साथ दिए भबिष्यमा आर्ट ग्यालरी खोल्ने चाहना रहेको उनले प्रष्टयाइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.