प्रधानाध्यापकको शव फेला, छानबीनको माग गर्दै राजमार्ग अवरुद्ध

प्रधानाध्यापकको शव फेला, छानबीनको माग गर्दै राजमार्ग अवरुद्ध

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका २ स्थित डाँडाबाग आधारभुत विद्यालय कपट्टाका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत फेला परेका छन् । ४५ वर्षीय प्रधानाध्यापक घरडीको शव दार्चुलाको शैल्यशिखर नगरपालिका ९ शिवपुरी धाम नजिक फेला परेका हुन् ।

मृतक घरडीको शरीरमा निलडाम तथा घाउ रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउँदले जानकारी दिए  । यसका साथै उनको साथमा नगद ८५ हजार समेत भेट्टिएको छ । उनले भने,' प्रधानाध्यापक घरडी सोमबार तलब बुझ्न भनि गोकुलेश्वर आएका बुझिएको छ । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घरडीसंगै रहेका अन्य ४ जना शिक्षक पनि तलब बुझ्न आएका भएपनि उनीहरु सोमबार नै घर फर्किएका बताइएको छ । घरडी घर नफर्केपछि खोजी गर्दा मंगलबार बिहान ७ बजे मृत अवस्थामा फेला परेका हुन् ।

मृतकको शरीरमा निलडाम र घाउ देखिएकाले हत्या गरेर फालेको आफन्तको आशंका छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच मृतकको आफन्तले महाकाली राजमार्ग अवरुद्ध पारेका छन् ।

घटनाको सत्यतथ्य छानबिनको माग गर्दै उनीहरुले गोकुलेश्वरमा टायर बालेर राजमार्ग अवरुद्ध पारेका हुन् । साथै उनीहरुले सत्यतथ्य छानबिन तथा दोषीलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने अडान लिएका छन्।

‘प्रधानाध्यापक घरडीको हत्या भएको आशंका छ । हामीले उहाँ बसेको होटेलसहितको ठाउँमा अनुसन्धान गर्न माग गरेका छौं, 'डिलाशैनी गाउँपालिकाका प्रवक्ता अक्कल रानाले भने, 'प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर अनुसन्धान गर्नुपर्छ । उहाँको हत्यामा संलग्नको खोजी गरी कारवाही हुनुपर्दछ भन्ने हाम्रो माग छ ।'


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.