ट्रम्पको आरोपः मतगणनामा बाइडेनले घोटाला गरे हामी अदालत जान्छौँ

ट्रम्पको आरोपः मतगणनामा बाइडेनले घोटाला गरे हामी अदालत जान्छौँ

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी चुनाव जितेको दावी गरेका छन् । साथै उनले प्रतिष्पर्धी जो बाइडेनलाई ‘ठग’को आरोप लगाएका छन् ।

यस्तै ट्रम्पले मत गणनामा विवादका कारण त्यसविरुद्ध आफू सर्वोच्च अदालतमा जाने चेतावनी दिएका छन् । ‘हामी ठ्याक्कै जित नजिक थियौँ, खासमा हामीले पहिल्यै जितिसकेका थियौँ,’ ट्रम्पले भनेका छन् । ट्रम्पले ह्वाइटहाउसबाट रातको साढे २ बजे असाधारण भनिएको भाषणमा यस्तो बताएका हुन् ।

‘हामीले अरु धेरै राज्य जितिरहेका थियौँ, र हामी घोषणा गर्दै थियौँ । र ठीक त्यसै बेला त्यहाँ घोटाला भयो । अमेरिकी जनतामाथिको ठगी थियो त्यो । तर हामी यस्तो हुन दिँदैनौँ,’ ट्रम्पले भने ।

साथै उनले अदालत जाने चेतावनी दिए । र ट्रम्पले सबै मतदान रोक्न चाहेको पनि बताए । मतपत्रहरु एकाबिहानै अचानक गायब पारिएकोले घोटाला गरिएको उनले आरोप लगाएका हुन् । यो अमेरिका र अमेरिकी जनताका लागि लज्जाको कुरा भएको उनले बताए ।

अमेरिकामा जारी चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट डोनल्ड ट्रम्प र डेमोक्रेटका तर्फबाट जो बाइडेनबीच कडा प्रतिष्पर्धा भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.