महासंघमा चुनावी चहलपहल : प्रतिस्पर्धा कि सहमति ?

महासंघमा चुनावी चहलपहल :  प्रतिस्पर्धा कि सहमति ?

काठमाडौं  : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कडा प्रतिस्पर्धा देखिएको छ । महासंघको नयाँ नेतृत्वका लागि बरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

नयाँ नेतृत्वका लागि दुवै उम्मेदवार प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । दुवै पक्ष जित्ने दाबी गर्दै चुनावी माहोलामा होमिएका छन् । कोरोना महामारीका कारण  पटकपटक सर्दै आएको महसंघको निर्वाचन मंसिर ११, १२ र १३ गतेको लागि तय भएको छ । चुनाव नजिकिँदै गर्दा चहलपहल बढ्न थालेको हो । 
चुनाव आफ्नो पक्षमा पार्न दुवै उम्मेदवारले सक्रियता बढाएका छन् । दुवै पक्ष घरदैलो अभियानमा खटिएका छन् । दुवै प्यानलले उम्मेदवारी दर्ता गराइसकेका छन् । उम्मेदवारी दर्ता गराउने क्रम बढेको छ । 

यद्यपि, वरिष्ठ उपाध्यक्ष पदमा सर्वसहमतिको प्रयाससमेत भएको छ । पूर्व अध्यक्षहरुले सर्वसहमति गराउन छलफल सुरु गरेका छन् । पछिल्लो केही दिनयता बरिष्ठ उपाध्यक्षमा सहमति गराउने प्रयासमा पूर्वअध्यक्षहरु लागेका छन् । 
वरिष्ठ उपाध्यक्ष उम्मेदवार किशोर प्रधानले संस्थाको हितमा सहमति गराउने विषयमा आफ्नो विमति नरहेको बताए । ‘महासंघ चलाएका पूर्व अध्यक्षहरुले गरेको सहमतिमा मञ्जुर हुने उनले बताए । ‘त्याग तपस्या गरी पूर्व अध्यक्षहरुको निर्णय मान्न तयार छ’, उनले भने, ‘मेरै गोरुको बाह्रै टक्का कसैले गर्नु हुँदैन ।’ 

महासंघको ५४ औंँ वार्षिक साधारणसभाले वर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै छ । विधानमै बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार गोल्छा अध्यक्ष बन्दै छन् । प्रधानको पक्षमा खुलेर भोट माग्दै आएका गोल्छा बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत बनाउने पक्षमा सकारात्मक देखिएका छन् । 

बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले आफ्नो पक्षमा सर्वसम्मत नभए चुनाव लड्ने पक्षमा देखिएका छन् । चुनाव जित्ने निश्चित जस्तै भएकाले उनले सहमतिका नाममा नछाड्ने बताउन थालेका छन् । उनका निकट व्यवसायी डिबी बस्नेतका अनुसार सहमतिका लागि छलफल सुरु भए पनि ढकालको पक्षमा नदेखिएमा सहमति नहुने स्पष्ट पारे । उनले चुनावी तयारी तीव्र पारेको जानकारी दिए । ‘हामी घरदैलो अभियानमा तीव्रताका साथ लागेका छौं’, उनले भने, ‘ढकालको पक्षमा सहमति भए सर्वसम्मत बरिष्ठ उपाध्यक्ष टुंगिन्छ, त्यसो नभए चुनाव हुन्छ ।’ 
कठिन अवस्थामा रहेको महासंघलाई एक ढिक्का बनाएर लैजान आवश्यक भएको ढकालको भनाइ छ । उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोकारवाला र  साझेदारसँग साझेदारी गर्ने सवालमा दृढ भएर लाग्ने ढकालले घोषणा गरेका छन् । 

ढकालको प्यानलबाट उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षका लागि गुणनिधि तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एसोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रधानको प्यानलबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फ उपाध्यक्षमा सौरभ ज्योति चुनावी प्रतिस्पर्धामा छन् । 

महासंघमा जिल्ला र नगरको ५० प्रतिशत, एसोसिएटको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत भोटिङ अधिकार हुन्छ । जिल्ला र नगरमा एक उपाध्यक्षसहित २६ जना, एसोसिएटमा एक उपाध्याक्षसहित १८ जना, वस्तुगतमा एक उपाध्यक्षसहित १४ जना निर्वाचित हुन्छन् । जिल्ला र नगरमा एक सय ६, वस्तुगतमा एक सय एक र एसोसिएटमा आठ सय जना मतदाता छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.