विद्यार्थी नै क्याम्पस अध्यक्ष

विद्यार्थी नै क्याम्पस अध्यक्ष

राजनीतिक आडमा एकै व्यक्ति विगत सात वर्षदेखि क्याम्पस सञ्चालक समिति अध्यक्ष छन्।


कालीकोट : नरहरिनाथ गाउँपालिकामा रहेको नन्दादेवी बहुमुखी क्याम्पस सञ्चालन समितिको अध्यक्षमा सोही क्याम्पसका विद्यार्थी छन्। नरहरिनाथ गाउँपालिका(१ का अग्रबहादुर विष्ट क्याम्पस सञ्चालक समिति अध्यक्षको भूमिकामा छन्।

उनी अहिले बीएड तेस्रो वर्षमा अध्ययनरत छन्। विष्ट ३ वर्षअघिको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट पराजित उम्मेदवार हुन्। विद्यार्थी नै क्याम्पस सञ्चालक समिति अध्यक्ष हुन नपाउने प्रावधान छ। तर, विष्ट राजनीतिक आडका आधारमा विगत सात वर्षदेखि सञ्चालक समिति अध्यक्ष छन्।

एकै व्यक्ति बिनाप्रतिस्पर्धा सात वर्षदेखि यस्तो जिम्मेवारीमा रहनु प्रावधानविपरीत भएको सरोकारवालाको तर्क छ। विष्ट अध्यक्ष भएदेखि क्याम्पसको साधारणसभासमेत हुन नसकेको र उनी विद्यार्थी भएकाले अध्यक्षबाट राजिनामा गर्नुपर्ने उनीहरूको भनाइ छ। राजनीतिक शक्तिको आडमा विष्टले क्याम्पसको साधारणसभा नगरेका क्याम्पस सञ्चालक समिति सदस्य निर्मल विष्टले बताए।

उनका अनुसार सञ्चालक समितिको नियमित बैठकसमेत बस्न सकेको छैन। करिब ३ सय विद्यार्थी भर्ना भएको यो क्याम्पसमा विगत एक वर्षदेखि क्याम्पस प्रमुखसमेत छैनन्। धेरै विषयका विषय शिक्षक पनि छैनन्। विद्यार्थी भने परीक्षा दिन मात्रै पुग्छन्। सोही क्याम्पसका विद्यार्थी विष्णु बोहोराले भने, ‘प्रायः पढाइ नै हँुदैन, हामीहरूले नियमित पढ्न चाहे पनि शिक्षक छैनन्।’

नन्दादेवी माविका शिक्षकले कहिलेकाहीँ आलोपालो गरेर पढाउने गरेका उनले बताए। समिति अध्यक्ष विष्टले भने पहिला आफू अध्यक्ष र पछि विद्यार्थी भएको स्वीकारे।  तर अहिले आफूले बीएड पास गरिसकेको बताउँदै उनले भने, ‘अहिले म विद्यार्थी होइन। गाउँको स्रोत जुटाएर क्याम्पस सञ्चालन गरिरहेका छौँ। क्याम्पसमा प्राचार्य र अन्य शिक्षकको पनि व्यवस्थापन गरिरहेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.