निर्वाचन परिणाम : डोनल्ड ट्रम्पले कहाँ कस्तो मुद्दा हालेका छन् ?

निर्वाचन परिणाम : डोनल्ड ट्रम्पले कहाँ कस्तो मुद्दा हालेका छन् ?

अमेरिका : अमेरिकामा राष्ट्रपतीय निर्वाचनका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले मत परिणाममा अगाडि छन्। तर उनका रिपब्लिकन प्रतिद्वन्द्वी राष्ट्रपति डोनल्ड ट्रम्पले मुख्य चार राज्यमा मतगणनालाई कानुनी चुनौती दिएका छन्।

विस्कन्सिनमा 'मङ्गलबार देखिएका अनियमितताहरूका आधारमा' भन्दै ट्रम्पको चुनावी अभियान टोलीले विस्कन्सिनमा पुनः मतगणना हुनुपर्ने माग गरेको छ। कतिपय विस्कन्सिन काउन्टीहरूमा भएका अनियमिताहरूलाई कारणका रूपमा प्रस्तुत गरिने बताइएको छ।

घोषणा हुन बाँकी मतगणनाको परिणामले विस्कन्सिनमा ट्रम्प र बाइननबीच मतान्तर एक प्रतिशतभन्दा पनि कम रहेको देखाएका छन्। यस्तो अवस्थामा उम्मेदवारहरूले पुनः मतगणनाको माग गर्न पाउँछन्। तर त्यस्तो मतगणनाको खर्च माग गर्ने उम्मेदवारले बेहोर्नुपर्छ।

मिशिगनमा ट्रम्पको चुनावी खेमाले मिशिगनमा जारी मतगणना रोक्न माग गर्दै मुद्दा दायर गरेको छ। त्यहाँ मतपेटिका खोल्ने र गणना थाल्ने कार्यको सुरुआत गर्ने प्रक्रियाको अवलोकन गर्न आफूलाई अर्थपूर्ण पहुँच नदिइएको उनीहरूको दाबी छ।

मिशिगनको डिट्रोइट शहरमा बुधबार दिउँसो त्यहाँको एउटा मतगणना केन्द्रको सुरक्षाका लागि प्रहरी बोलाउन परेको थियो किनकी त्यहाँ केही विरोध प्रदर्शनकारीहरूको एउटा समूहले मतगणना प्रक्रियाको पर्यवेक्षण गर्न पाउनु पर्ने माग गरेका थिए।

पेन्सिल्भेनियामा ट्रम्पको चुनावी अभियान टोलीले पेन्सिल्भेनियामा पनि त्यहाँ अर्थपूर्ण पारदर्शिता कायम नहुन्जेलसम्म मतगणना रोक्न दुईवटा मुद्दा दायर गरेको छ। त्यहाँ राष्ट्रपतिले तीन अङ्कको अग्रता हासिल गरेका छन् तर अझै हजारौं मतगणना हुन बाँकी नै छ।

यसमा मुद्दा मतदानको दिनको छाप लागेका हुलाकमार्फत् मतदान गरिएका मतपत्रहरू तीन दिनसम्म ढिलो गरी प्राप्त भएमा पनि तिनलाई मान्यता दिएर गणना गरिने उक्त राज्यको निर्णयसँग सम्बन्धित रहेको छ। रिपब्लिकनहरूले त्यसविरुद्ध अपील गरेका छन्।

जोर्जिआमा राष्ट्रपति ट्रम्पले मतगणना रोक्न कानुनी चुनौती दिँदैछन्। उनको चुनावी खेमाका अनुसार त्यहाँको च्याटम काउन्टीमा ढिलो गरी प्राप्त हुलाकबाट मतदात गरिएका ५३ वटा मतपत्रहरू गैरकानुनी रूपमा मिसाइएको एकजना रिपब्लिकन चुनाव पर्यवेक्षकले देखेका थिए।

ट्रम्पले सन् २०१६ को निर्वाचनमा विस्कन्सिन, मिशिगन र पेन्सिल्भेनियामा जित हासिल गरेका थिए।

बुधबार बिहान सबेरै ह्वाइट हाउसबाट बोल्दै ट्रम्पले निर्वाचनमा विजय हासिल गरेको र यो विषयलाई सर्वोच्च अदालतमा लैजान तयार रहेको घोषणा गरेका थिए।

ट्रम्पको चुनावी अभियान टोलीले मतगणना परिणामविरुद्ध दिइने कानुनी चुनौतीहरूका क्रममा हुने खर्च जुटाउन दाताहरूसँग चन्दाका लागि अनुरोध गरिरहेका छन्।

रिपब्लिकन न्याश्नल कमिटिकी अध्यक्ष रोना मकड्यानिएलले यो लडाईँ समाप्त नभएकाले आफू यसैमा लागेको बताएकी छन्। - बीबीसी नेपालीबाट


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.