बैतडीमा ८४ वडामध्ये १२ वडाको मात्र आफ्नै भवन

बैतडीमा ८४ वडामध्ये १२ वडाको मात्र आफ्नै भवन

बैतडी : बैतडीका ८४ वडामध्ये १२ वडाका नयाँ भवन निर्माण भएका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि ३ वर्ष बढीको अवधिमा १२ वडाका मात्रै नयाँ भवन निर्माण भएर सेवा प्रवाह भइरहेको छ।

राज्य पुनर्संरचना गर्दा कुनै पनि सरकारी भवन नभएका वडालाई प्राथमिकतामा राखेर भवन निर्माण भएका स्थानीय तहहरुले जनाएका छन् । जिल्लाको सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा अहिले ७ र ८ को भवन निर्माणाधिन अवस्थामा छ । 

पाटन नगरपालिकाको वडा नं ९, ७ र ३ मा नयाँ भवन निर्माण भएका छन् भने वडा नं १० र ४ मा भवन निर्माणको काम भइरहेको नगरप्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए । 

उनले भने, 'हाम्रो नगरपालिकाका १० वडा मध्ये ३ वडामा नयाँ भवन बनेका छन् । २ वडामा यो बर्ष निर्माणाधिन अवस्थामा छन् ।' यस्तै जिल्लाको पञ्चेश्वर  गाउँपालिकाका ६ वडा मध्ये ३ मा मात्रै भवन बनेका छ भने अन्य वडाहरुले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले जानकारी दिए । उनले भने, 'साविकका गाविस भवन प्रयोग गरेर वडाका सेवाहरु दिइरहेका छौं ।'

जिल्लाको शिवनाथ गाउँपालिकामा ३ वडामा अहिले भवन निर्माणको काम भइरहेको उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिइन् । जिल्लाको मेलौली नगरपालिकाका ९ वडामध्ये ७  र ९ मा मात्रै आफ्ना पुराना भवन छन् भने अन्य वडाहरुमा भाडाका घरमा सञ्चालन भइरहेका छन् । चालु आर्थिक वर्षमा केही वडाका नयाँ भवन बनाउने तयारी भएको नगरप्रवक्ता सुरतसिंह नेगीले जानकारी दिए ।

यस्तै दोगडाकेदार गाउँपालिकाका ८ वडा मध्ये कुनैमा पनि नयाँ भवन बनेका छैनन् । केही वडाको काम पुराना भवन र केही भाडाका घरबाट प्रवाह भइरहेको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए  । 

जिल्लाको सुर्नया गाउँपालिकाको ३ मा मात्रै नयाँ भवन बनेको छ । अन्य वडा कार्यालयको काम साविकका गाविस भवन र भाडाका घरबाट भइरहेको। पुर्चौंडी नगरपालिकाको ७ मा नयाँ भवनबाट सेवा सुचारु भएको छ भने अन्य ४ वडामा भवन निर्माण कार्य भइरहेको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि सबैभन्दा बढी सिगास गाउँपालिकामा ६ वडाका नयाँ भवन निर्माण भएका छन् । वडा नं १, ३, ४, ५, ७ र ९ मा नयाँ भवनबाट सेवा प्रदान भइरहेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । डिलाशैनी गाउँपालिकामा पनि ७ वटै वडामा पुराना भवनबाट सेवा प्रवाह भइरहेको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.