अभिनेता मिलिन्द सोमनले बर्थडेमा न्युड फोटो पोस्ट गरेपछि...
नयाँदिल्ली : अभिनेता मिलिन्द सोमनले यही बुधबार आफ्नो ५५ औँ जन्मदिन भव्य रुपमा मनाए । उनका अघिल्ला जन्मदिन भन्दा यस वर्षको जन्मदिन विशेष र रोचक पनि बन्यो ।
धेरै प्रशंसक र सुभचिन्तकले पहिले झैँ उनलाई बधाइ त दिए नै। सोमनको नयाँ तस्बिरले धेरैलाई अचम्भित पनि तुल्यायो । रोचक त के भने सोमनले जन्मदिनको अवसरमा समुद्री किनारमा नांगै दौडिँदै गरेको तस्बिर सार्वजनिक गरे ।
इन्स्टामा उनले राखेको उक्त फोटोलाई हेरेर धेरैले उनको प्रशंसा नै गरे । यद्यपि केहीले त्यसको कडा आलोचना पनि गरे । सोमनको तस्बिर उनकी २७ वर्षीया पत्नी अंकिता कोंवरले खिचिदिएकी थिइन् । जन्मदिनको अवसरमा सोमनले पत्नीको साथमा रहेका र व्यायाम गरिरहेका अरु पनि थुप्रै फोटो राखेका छन् ।
खासमा सोमन एक फिटनेस इन्स्टक्टर समेत भएकाले उनको शारीरिक स्फुर्तीलाई हेरेर धेरैले प्रशंसा गर्ने गर्छन् । उनको नग्न तस्बिरमा उनी जसरी दौडिँदै थिए त्यहाँ पनि ५५ वर्षको उमेरमा उनको स्टामिना अरु युवाले समेत देखाउन नसक्ने भन्दै धेरैले प्रशंसा गरे ।
यही दिन बलिउड अभिनेत्री पुनम पाण्डेले पनि अर्धनग्न तस्बिर राखेकी थिइन् । त्यसो त उनले पहिले पनि न्युड फोटो राख्ने गरेकी थिइन् । पुनमका तस्बिरले भने प्रशंसा पाउनुको सट्टा कडा आलोचना खेप्नुपरेको हुन्छ । यतिसम्म कि पुनमले फोटो राखेकै कारण केही मुद्दा समेत झेल्नु परेको छ ।
यस्तैमा फिल्मकर्मी अपूर्व अस्रानीले सोमन र पुनमलाई हेर्ने द्वैद शैलीप्रति कडा आलोचना गरेका छन् । सोमनले नग्न तस्बिर राख्दा प्रशंसा हुने तर पुनमको आलोचना किन हुन्छ ? भन्दै अपूर्वले ट्वीटरमा लेखेका छन् । भारतीय समाजमा पुरुषको नग्नतालाई प्रशंसा गर्ने तर महिलाको नग्नतालाई अश्लिल र चरित्रहीन भन्दै गाली गर्ने शैलीको अपूर्वले विरोध गरेका हुन् ।