अमेरिकी चुनाव अपडेट: प्रमुख राज्यहरुमा बाइडेन अगाडि

अमेरिकी चुनाव अपडेट: प्रमुख राज्यहरुमा बाइडेन अगाडि

वासिंटन : अमेरिकी निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन जित नजिक पुगेको धेरै विश्लेषकहरुले व्याख्या गर्न थालेका छन् ।

निर्णायक मानिएका राज्यकको मतगणना हुन थालेपछि अब कसले जित्छ भन्ने यकिन गर्न सजिलो भएको पनि बताइएको छ । जस अनुसार बाइडेनले जित्नसक्ने आंकलन गर्न थालिएको हो । यद्यपि जर्जिया, एरिजोना र पेन्सिल्भेनिया जस्ता राज्यको मतगणना थप महत्वपूर्ण मानिएको छ । ती राज्यको मतगणना अझै सकिएको छैन । अमेरिकी मिडियाका अनुसार बिहीबार अवेरसम्म नयाँ अपडेट आउनसक्नेछ ।

यस क्रममा बाइडेनले आत्मविश्वासका साथ आफूहरु विजयको बाटोमा रहेको बताउँदै आएका छन् । हालै उनले गरेको सम्बोधनमा यस पटकको निर्वाचन अघिल्ला कुनै पनि भन्दा फरक र ऐतिहासिक रहेको बताए । साथै धेरै मतदान भएकाले र महामारी बीचमा भएकाले पनि यो चुनाव फरक भएको उनले बताएका थिए । साथै आफूहरु जित नजिक रहेको उनको प्रतिक्रिया थियो ।

बाइडेनका प्रतिस्पर्धी ट्रम्पले भने केही राज्यमा मतपरिणामबाट चित्त नबुझेर मुद्दा नै दायर गरेका छन् । उनले मतगणना फेरि हुनुपर्ने र केही राज्यको मतगणना रोक्नुपर्ने बताए । बुधबार मात्रै उनले धाँधली भएकाले मतगणना रोक्नुपर्ने र आफूहरु अदालत जाने चेतावनी दिएका थिए । आफूहरुले गलभग जितिसकेको चुनावमा धाँधली गरिएको आरोप उनले लगाएका हुन् । तर कसरी धाँधली भएको र कहाँ भनेर उनले ठोस प्रमाण पेश गर्न सकेका छैनन् ।

बाइडेनले महत्वपूर्ण मानिएका राज्य मिसिगन र विस्कन्सिनमा जितिसकेका छन् । साथै नभाडामा पनि बाइडेन नै अगाडि छन् । जुन राज्यको घोषणा हुन अन्तिम चरणमा पुगेको बताइएको छ ।

जर्जियामा भने बुधबार दिनभरको गणना अनुसार झिनो अन्तरले ट्रम्प अगाडि छन् । यस्तै एरिजोनामा पनि कडा प्रतिस्पर्धा भएको छ । एरिजोनाको सबैभन्दा ठूलो मतदाता भएको क्षेत्र मारिकोपामा भने बाइडेन अगाडि देखिए । हालसम्म बाइडेनले २ सय ५३ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २ सय १३ मत पाएका छन् । कुनै पनि उम्मेदवारलाई राष्ट्रपति बन्न कम्तिमा २ सय ७० इलेक्टोरल भोटको आवस्यकता पर्छ । राजधानी वासिंटन लगायत कतिपय सहरमा भने विशाल जनप्रदर्शन भइरहेका छन् । ट्रम्पविरोधी प्रदर्शन कतिपय स्थानमा भइरहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.