ट्रम्प र बाइडेन जस्तै राष्ट्रपति पदमा भिडिरहेका अरु हजारौँ उम्मेदवार को हुन् ?

ट्रम्प र बाइडेन जस्तै राष्ट्रपति पदमा भिडिरहेका अरु हजारौँ उम्मेदवार को हुन् ?

वासिङटन : अमेरिकामा राष्ट्रपतीय निर्वाचनको २३० वर्षे इतिहासमा जर्ज वासिंटन मात्रै त्यस्तो एक्लो उम्मेदवार हुन् जो स्वतन्त्र उम्मेदवारको रुपमा राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

नत्र अमेरिकाका दुई ठूला पार्टी डेमोक्रेट र रिपब्लिकनबाटै राष्ट्रपति बनेका छन् । अमेरिकाको राजनीति र चुनावमा विश्व समुदायको चासो त हुन्छ तर अति थोरैलाई मात्रै थाहा छ कि, यहाँ यी दुई पार्टी भन्दा अरु पार्टी पनि छन् भनेर ।

साथै चुनावमा अरु दर्जनौँ वा सयौँ पार्टीले भाग लिन्छन् । र हजारौँ उम्मेदवार हुन्छन् । र राष्ट्रपति पदका लागि मात्रै हजारौँ नेताले उम्मेदवारी दिन्छन् । यसपटकको चुनाव अहिलेसम्मकै सबैभन्दा धेरै मतदाता भएकाले ऐतिहासिक मानिएको छ । त्यसो त, राष्ट्रपतिका लागि मात्रै दुई उम्मेदवार वाहेक पनि अरु १ हजार २ सय १४ जना प्रतिष्पर्धामा छन् ।

कलाकार, र्यापर, पास्चर, सामाजिक अभियन्ता लगायत विभिन्न पेशामा लागेका व्यक्तिहरु प्नि यस निर्वाचनमा भाग लिएका छन् । र्‍यापर कान्ये वेस्टले उम्मेदवारी घोषणा गर्दा त धेरै चकित परेका थिए । अमेरिकामा पछिल्लो समय विभिन्न आन्दोलन पनि भए । ती आन्दोलनका बीच थुप्रै युवा नेताहरु जन्मिए । तीमध्ये केहीले राष्ट्रपति पदका लागि उम्मेदवारी समेत दिएका छन् ।
उनीहरुलाई आफू निर्वाचित नहुने पहिल्यै थाहा छ । तर एउटा लोकतान्त्रिक देशमा दुईजनाबाट मात्रै राष्ट्रपति छान्नु उपयुक्त नभएको भन्छन् । अर्थात्, लोकतान्त्रिक देशमा धेरै विकल्पमध्येबाट नेता छान्नु जायज मानिन्छ ।

राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवार जेड सिमोन्स भन्छिन्, ‘अहिलेका दुई विकल्प मात्रै राष्ट्रपतिका लागि छनोट हुन सक्दैनन् ।’ साथै उनी पहुँचको अवसर सबैमा पुग्नुपर्नेमा विश्वास गर्छिन् । सिमोन्ससँगै अरु थुप्रै श्रमजीवी वर्गका महिला, अधिकारकर्मीहरु समेत यतिबेला ह्वाइट हाउसको ‘रेस’मा छन् ।

तर उनीहरुमध्ये धेरैले सबै राज्यमा उम्मेदवारी दिएका छैनन् । यतिसम्म कि, केहीले त नाम मात्रैको उम्मेदवारी दिए । तीमध्ये तेस्रो शक्तिशाली पार्टीको रुपमा चिनिएको छ ग्रीन पार्टी । यसको तर्फबाट राष्ट्रपति पदका लागि होइ हकिन्स उठेका छन् भने एन्जेला वाकर उपराष्ट्रपति पदमा ।

होइ अमेरिकामा ग्रीन पार्टी स्थापनाका लागि अभियान गर्ने सुरुका नेतामध्ये एक हुन् । र न्युयोर्कबाट गभर्नरमा उठेका समेत थिए । यस्तै पर्यावरणीय मुद्दा, शान्ति, न्याय लगायत मानवीय मुद्दामा उनी सक्रिय आवाज उठाउने नेता हुन् ।

एन्जेला भने श्रमजीवी वर्गको वास्तविक प्रतिनिधि महिला हुन् । जातीय, आर्थिक समानताका लागि दशकौँदेखि लड्दैआएकी एन्जेला स्वयं श्रमजीवी महिला हुन् । खासगरी ग्रीन पार्टीले आर्थिक समानता, स्वास्थ्योपचारमा सबैको पहुँच, जलवायु परिवर्तनको असर, न्याय, दिगो विकास, हतियार र युद्धको अन्त्य जस्ता मानवीय मुद्दा उठाउँदैआएको छ ।

यस्तै अर्को छ, लिबर्टी पार्टी । यसको तर्फबाट डा. जो जोर्गेन्सन राष्ट्रपतिका लागि र जेरमी कोहेन उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका छन् । दुबैले साउथ क्यारोलिनाबाट उम्मेदवारी दिएका हुन् । यसवाहेक एलायन्स पार्टीको तर्फबाट रोकी डे ला फुएन्ते राष्ट्रपतिका लागि र डार्सी रिचार्डसन उपराष्ट्रपतिका लागि उम्मेदवार हुन् ।

कन्स्टिच्युसन पार्टीको तर्फबाट डन ब्लांकेन्सिप राष्ट्रपति र विलियम मोहर उपराष्ट्रपतिका उम्मेदवार हुन् । सोसलिजम एण्ड लिबरेसन पार्टीका ग्लोरिया लारिभा राष्ट्रपति र सुनिल फ्रिम्यान उपराष्ट्रपतिका उम्मेदवार हुन् ।

यस्तै ब्रोक पिर्से र कार्ला बाल्लार राष्ट्रपति र उपराष्ट्रपति पदमा स्वतन्त्र उम्मेदवार हुन् । अमेरिकन सोलिडारिटी पार्टीको तर्फबाट ब्रायन कर्रोल राष्ट्रपति र अमर पटेल उपराष्ट्रपति पदमा उम्मेदवारी दिए ।

सोसलिस्ट वर्कर्स पार्टीका एलिसोन केनेडी र मालकोम जर्रेट क्रमशः राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार हुन् । यस्तै प्रभावशाली कलाकार कान्ये वेस्टले राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई उपराष्ट्रपतिमा साथ दिएकी छन् मिसेल टिडबलले ।

यस्तै अरु थुप्रै स्वतन्त्र तथा ब्यालेट प्राप्त नगरेका उम्मेदवार अमेरिकाको चुनावी प्रतिष्पर्धामा छन् । सामान्यतः चुनावी अभियान चलाउन ठूलो धनराशीको खाँचो पर्छ । उम्मेदवारले मिडियामा विज्ञापन दिने पनि चलन छ । जुन अत्याधिक खर्चिलो छ ।

रिपब्लिकन र डेमोक्रेटिक वाहेक अरु साना दल र स्वतन्त्र उम्मेदवारका तर्फबाट केही सांसदहरु भने सदनमा छिर्न सम्भव छ । अन्यथा, यही प्रक्रिया र तरिकाबाट अमेरिकामा साना दल र स्वतन्त्र उम्मेदवार राष्ट्रपति पदमा पुग्नु असम्भव जस्तै देखिन्छ ।

यद्यपि राजनीतिक र सामाजिक न्यायका मुद्दा उठाउनका लागि ठूलो दल भइरहनु पर्दैन । आज अमेरिकी चुनावमा उम्मेदवारी दिएका कतिपय स्वतन्त्र उम्मेदवार र साना पार्टीले यसअघि भएका ‘ब्ल्याक लाइभ्स म्याटर’, ‘मी टू’ लगायत विभिन्न आन्दोलनमा कुनै न कुनै भूमिका देखाएका थिए । त्यसो त, चुनावमा नजिते पनि उनीहरुले सरकारलाई दबाब दिइरहन सम्भव छ ।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.