मुख्यमन्त्री रोजगार कार्यक्रम : खर्च भएन बजेट

मुख्यमन्त्री रोजगार कार्यक्रम : खर्च भएन बजेट

सुर्खेत : गरिबीको रेखामुनि रहेका नागरिकलाई आयआर्जनमा जोड्न प्रदेश सरकारले विनियोजन गरेको बजेट नै फ्रिज भएको हो। सरकारी तथ्यांकअनुसार कर्णालीमा ४८ प्रतिशत नागरिक बेरोजगार छन्।

यही समस्या समाधानका लागि भन्दै प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिरहेको छ। गत आर्थिक वर्षमा मात्र मुख्यमन्त्री रोजगार कार्यक्रमको साढे पाँच करोड रकम खर्च हुन नसकेर फ्रिज भएको हो।

आर्थिक वर्षको अन्त्यमा हचुवाको भरमा रकम निकासा गर्दा पनि मुख्यमन्त्री रोजगार कार्यक्रममा साढे पाँच करोडभन्दा बढी रकम फ्रिज भएको हो। सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको मुख्यमन्त्री रोजगार कार्यक्रमको ५ करोड ६३ लाख ३ हजार १ सय ८६ रुपैयाँ फ्रिज भएको हो। प्रदेश सरकारले गत आर्थिक वर्षको सुरुमै मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि ८० करोड रुपैयाँ विनियोजन गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.