एकै घरका ३ जना मानसिक रोगी

एकै घरका ३ जना मानसिक रोगी

सन्धिखर्क : रिपाहामा उत्तर फर्केको गाउँको एउटा सानो घर । घरको दलानमा ३२ वर्षीय एक युवक पल्टिएका छन् । उनको शरीरको भाग चल्दैन् । उनी हिँडडुल गर्ने त कुरै भएन ।  मुडो पल्टिए जस्तै गरी पल्टिएका त्यही छोरालाई कुरेर उनकी आमा दलानकै छेउमा बसेकी छिन् । उनी पनि मानसिक रोगी । उनमा कुनै होस 

हवास छैन् । 

आगनको डिलमा अर्का २९ वर्षीय मानसिक अपांगता भएका व्यक्ति बसेका छन् । एकै घरमा तीनजना मानसिक तथा शारीरिक अपांगता छन् । आमा तथा २ छोरा अपांग छन् । घरमा रहेका ६२ वर्षीय ती छोराहरुका बुवा हरिप्रसाद भुसाल पनि दमका दीर्घ रोगी छन् ।  तीनै अपांगहरुलाई हेर्दै आफ्नो कर्म खोटो भएको भन्दै भाग्यलाई धिक्कार्दै आँगनको डिलमा बसेका थिए  । उनले भने, 'भाग्यले ठग्यो मेरो कर्म, के परेछ यस्तो हरिविजोग आफै हेर्नुस् त । श्रीमती र २ छोरा मानसिक तथा शारीरिक अपांग छन् । मैले के गरौं ।'

छत्रदेव गाउँपालिका वडा नम्बर २ झिरबासका एकै परिवारका तीन आमा छोरा मानसिक तथा शारीरिक अपांग छन् । परिवारमा रहेकी एक छोरी मात्र सपांग छिन् । तीनै छोरी र बुवाले अरुले सहयोग तथा दान गरेको सामग्रीले परिवार पाल्दै आएका छन्।

'घरमा बुवा रोगी हुनुहुन्छ । ६० वर्षीया आमा तथा २ दाजुहरु ३२ र २९ वर्षीय सबै मानसिक तथा शारीरिक अपांग छन् । आम्दानीको स्रोत केही छैन्,' १९ वर्षीया  लक्ष्मी भुसालले भनिन् । वडा कार्यलय तथा गाउँलेले दिएको अन्न तरकारी तथा सहयोगले बाचेको उनले बताइन्। विद्यालयमा पढ्नका लागि किताब कापी समेत वडा कार्यालयले व्यवस्थापन गरेको उनको भनाइ छ । 

खरको छानो भएको घरमा टिन लगाइदिएको तथा घरमा चाहिने अन्न, दाल तरकारी, नुन तेल, तथा ओढ्नका लागि कम्बल समेत वडा कार्यलय, पालिका कार्यालयले व्यवस्थापन गरेको छ । घरमा दैनिक खाने गासको स्थानीय तथा गाउँलेले व्यवस्थापन गर्ने गरेका छन् वडा अध्यक्ष राजेस पन्थीले बताए  । नागरिकता नभएपछि अपांग परिचय पत्र समेत उनीहरुसँग छैन।

उनीहरुको अपांगता परिचय पत्र बनाउन नागरिकता नभएपछि वडा कार्यालयको पहलमा नागरिकता बनाएको छ। बनाउन आबश्यक ठान्यो ।  घरमै गएर नागरिकता विरण गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पौडेलले बताए ।  

छत्रदेव गाउँपालिका २ बलकोटको झिरबासमा घरमै पुगेर अपांगलाई नागरिकता वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा गएको जिल्ला प्रशासन कार्यलयको टोलीले एकै घरका तीनजना अपांगसहित ४ जनालाई नागरिकता प्रदान गरेको हो । 

एकै घरका मानसिक रोगी तथा शारीरिक अपांगता भएका ६० वर्षीय आमा धनकला भुसाल , मानसिक रोगी तथा शारीरिक अपांगता भएका ३२ वर्षीय छोरा टामलाल भुसाल , मानसिक रोगी तथा शारीरिक अपांगता भएका २९ वर्षीय छोरा नारायण भुसाल र १९ वर्षीया छोरीलाई नागरिकता वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताए । 

नागरिकता नभएपछि अपांग परिचय पत्र नभएका उनीहरुलाई छिट्टै अपांग परिचय पत्र बनाइदिने र त्यही अपांग परिचय पत्रको आधारमा अपांग भत्ता प्रदान गर्ने गाउँपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठले बताइन् । अपांग परिचय पत्र पनि घरमै आए प्रदान गर्ने उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.