अमेरिकी राष्ट्रपति को बन्दैछ, यी ५ राज्यले गर्छन् अन्तिम फैसला

अमेरिकी राष्ट्रपति को बन्दैछ, यी ५ राज्यले गर्छन् अन्तिम फैसला

वासिंटन : अमेरिकामा जारी चुनावको मतगणनातर्फ धेरैको चासो पुगेको छ । मतगणनाको अन्तिम चरणमा आइपुग्दा डेमेक्रेटका जो बाइडेन नै अगाडि छन् ।

बाइडेन लगभग सुरुदेखि नै अगाडि देखिए । बाइडेनले अब ६ इलेक्टोरल भोट ल्याए मात्रै ह्वाइटहाउसको बाटो पक्का हुनेछ । पछिल्लो २४ घण्टादेखि नै यो ६ भोटको लागि पर्खाइ भइरहेको छ ।

अर्थात बाइडेनको पक्षमा अहिलेसम्म २ सय ६४ भोट प्राप्त भइसकेको छ । डोनल्ड ट्रम्पको पक्षमा भने २ सय १४ भोट मात्रै । जबकि राष्ट्रपति बन्न जम्मा २ सय ७० इलेक्टोरल भोटको आवस्यकता पर्छ ।

यसकारण पनि बाइडेन जितनजिक रहेको पछिल्लो परिणामले देखाएको छ । ट्रम्पले भने वैध भोट मात्रै गणना गरेको खण्डमा आफूले पक्का जित्ने भन्दै बाइडेनलाई धाँधली गरेको आरोप लगाउँदै आएका छन् ।

यद्यपि पेन्सिल्भेनिया, जर्जिया, नर्थ क्यारोलिना, नावाडा र अलास्काबाट परीणाम आउन बाँकी नै छ । र ती राज्यले नै कसको जित हुने फैसला गर्नेछन् । त्यसो त ती पाँच राज्य प्रमुख वा निर्णायक राज्य मानिन्छन् ।

२० इलेक्टोरल भोट रहेको पेन्सिल्भेनियामा मात्रै बाइडेनले जिते भने समग्र चुनाव नै उनले जित्नेछन् । यस राज्यमा बाइडेनको ४५ दशमलब ३ र ट्रम्पको ४९ दशमलब ६ प्रतिशत भोट आएको छ ।

यस्तै नावाडामा ६ इलेक्टोरल भोट छन् । जहाँ बाइडेन ४९ दशमलब ४ भोट सहित अगाडि छन् । ट्रम्प भने ४८ दशमलब ५ प्रतिशत भोट ल्याएका छन् । यस्तै जर्जियामा १६ इलेक्टोरल भोट रहेकोमा बाइडेन र ट्रम्प बराबरी छन् । दुबैको पक्षमा ४९ दशमलब ४ प्रतिशत भोट यहाँ छ ।

नर्थ क्यारोलिनामा १५ भोट छ । जहाँ बाइडेन ४८ दशमलब ७ प्रतिशतसहित दोस्रो स्थानमा छन् । ट्रम्प भने ५० दशमलब १ भोट ल्याउँदै अगाडि छन् । साथै अलास्कामा जम्मा ३ भोट छ । जहाँ बाइडेन जम्मा ३३ दशमलब ५ प्रतिशत भोट ल्याएका छन् । ट्रम्पले ६२ दशमलब १ प्रतिशत भोट ल्याउँदै अगाडि छन् ।

यसैबीच ट्रम्पले मतगणना रोक्न आग्रह गर्दै आपू अदालत जाने चेतावनी पनि दिएका छन् । उनले बाइडेनले धाँधली गरेको तर आफूले पहिल्यै लगभग जितिसकेको जिकिर गरेका थिए । बाइडेनले भने ट्रम्पलाई संयम भएर बोल्न आग्रह गरे । अमेरिकी चुनावको इतिहासमा यसपटक फरक छ । सबैभन्दा धेरै मतदाता र हुलाकबाट पनि भोट दिन पाउने प्रावधानले गर्दा बाइडेनको पक्षमा चुनाव हुनसक्ने विश्लेषकहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.