मनोज गजुरेल अस्पतालमा : स्वास्थ्य अवस्था सामान्य

मनोज गजुरेल अस्पतालमा : स्वास्थ्य अवस्था सामान्य

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणपछि होम आइसोलेसनमै उपचार गराइरहेका हास्यकलाकार मनोज गजुरेल अस्पताल भर्ना भएका छन्। 

कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेल निमोनिया भएपछि बुधबार सशस्त्र प्रहरी कोभिड  अस्पताल बलम्बुमा भर्ना भएका हुन्। 

कलाकार गजुरेलको बलम्बुमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डा. प्रवीण नेपालले जानकारी दिए। 

सँगसँगै कोरोना संक्रमण पुष्टि भएका उनका दाइ भने होम आइसोलेनमै  छन्। सामान्य लक्षण देखिँदासम्म घरमै बसेको र थप लक्षण देखिएपछि अस्पताल लगिएको गजुरेलका भाइ मोहनले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। 

‘निमोनिया भएपछि उहाँलाई अस्पताल ल्याइएको हो’, भाइ मोहनले भने, ‘अहिले आईसीयूमा उपचार भइराखेको छ।’

चिकित्कसँग कुराकानी भइरहेको बताउँदै उनले स्वास्थ्य अवस्था सामान्य रहेको बताए।  ‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.