ट्रम्पका छोराको आरोप: ८० वटा भोट जलाइयो !

ट्रम्पका छोराको आरोप: ८० वटा भोट जलाइयो !

वासिंटन : अमेरिकी राष्ट्रपति चुनावमा मतगणनाका बीच राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले एक भिडियो पोस्ट गर्दै ट्रम्पका ८० ब्यालेट जलाइएको दावी गरेका छन् ।

डोनल्ड ट्रम्पले डेमोक्रेटिकका उम्मेदवार जो बाइडेनमाथि धाँधली गरेको आरोप लगाइरहँदा उनका छोराले यस्तो आरोप लगाएका हुन् । ट्रम्पका बाबुछोराले नै मतगणनामा धाँधली भएको आरोप लगाउँदैआएका थिए । पछिल्लोपटक एरिकले राष्ट्रपति ट्रम्पको पक्षमा परेका ८० भोट जलाइएको दावी गरेका हुन् । साथै उनले मतगणनामाथि नै आशंका गरेका छन् ।

ट्वीटरमा शेयर भएको भिडियोमा ट्रम्पको भोट जलाइएको देखिएको उनले बताएका हुन् । जबकि सरकारी अधिकारीहरुले एरिकले शेयर गरेको उक्त भिडियोमाथि अनुसन्धान गरी त्यहाँ कुनै भोट नजलाइएको बताएका छन् । त्यो झुटो भएको पनि अधिकारीहरुले बताए ।

ती भोट आधिकारीक नभएर नमुना भोट भएको उनीहरुले स्पष्टिकरण दिएका छन् । साथै उक्त भिडियो शेयर भएको ट्वीटर एकाउन्टलाई प्रतिबन्ध लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.