रुसी राष्ट्रपति भ्लादिमिर पुटिन राजीनामा दिँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन राजीनामा दिँदै

मस्को : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २०२१ को सुरुतिर राजीनामा दिने बताइएको छ ।

स्थानीय मिडियाका अनुसार पुटिनले स्वास्थ्य समस्याका कारण राजीनामा दिन लागेका हुन् । ‘द सन’ पत्रिकामा उल्लेख भए अनुसार ६८ वर्षीय पुटिनलाई पार्किन्सन रोगको लक्षण देखिएको छ । मिडिया रिपोर्टका अनुसार पुटिनको खुट्टाको चालमा स्थिरता देखिनुका साथै उनी पीडामा रहेको बताइएको छ ।

मस्कोस्थित राजनीतिशास्त्रका प्राध्यापक भलेरी सोलोभीले पुटिनले आगामी जनवरीमा सत्ता हस्तान्तरण गर्ने योजना बनाएको बताए । सत्तामा रहनेगरी हालै संविधान नै संशोधन गराएका पुटिनको राजीनामाको तयारीलाई अनपेक्षित रुपमा हेरिएको छ । उनले जनमत संग्रहपछि संविधान संशोधन गरेका थिए ।

सबैभन्दा लामो अवधिसम्म सत्तामा रहने नेतामध्ये पुटिन पनि एक हुन् । १९९९ देखि २००८ सम्म प्रधानमन्त्री रहेका पुटिन २०१२ देखि राष्ट्रपति भए । २०१९ मा उनीविरुद्ध देशव्यापी विशाल जनप्रदर्शन हुँदा पनि सत्ता नत्यागेका पुटिनले हाल स्वास्थ्य समस्या देखिएपछि राजनिामाको तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.