फिल्म 'एउटा यस्तो प्रेम कहानी'को बेमौसमी बाजा

फिल्म 'एउटा यस्तो प्रेम कहानी'को बेमौसमी बाजा

काठमाडौँ : फिल्मको घोषणा गर्ने तर अनेक लफडामा परेर डब्बा हुने रोग नेपाली फिल्मी उद्योगमा पुरानो भैसक्यो । धुमधामको घोषणा गरेर लगभग बेपत्ताको सूचीमा परिसकेको फिल्म 'एउटा यस्तो प्रेम कहानी'ले  गत साता फिल्मको दोस्रो टिजर रिलिज गरेको छ।

चार दशक अभिनयमा बिताएका नायक शिव श्रेष्ठले आफैँ लेखेको र निर्माण गरेको, शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको डेब्यु फिल्म, त्यो पनि जोडीका रुपमा र  प्रियङ्का-आयुष्मान, वर्षा-सन्जोग, शक्ति-कविता, नरेन खड्का, शिव श्रेष्ठ लगायत मल्टीस्टार र बिग बजेट फिल्म भएकाले फिल्म धेरैको चासो बन्नु स्वभाविक हो।

फिल्महरुको तामझामको घोषणा/मुहुर्त भएर पनि बेपत्ताको सूचीमा समेटिन पुग्नेको फेहरिस्ता लामै छ। ३ वर्षअघि टेलर र शीर्ष गीत रिलिज गरेको फिल्म 'कमलेको बिहे'को रिलिजको अत्तोपत्तो छैन। अशोक शर्मा लगायतको निर्माण रहेको फिल्म 'शून्य' पनि शुन्य सरि बिलायो। सुटिङ नसक्दै टिजर रिलिजको हतारो गरेको फिल्म 'रानीमहल'को अवस्था 

देख्दादेख्दै फिल्म एउटा यस्तो प्रेम कहानीको दोश्रो टिजर रिलिजलाई कसरी बुझ्ने ?

झन्डै वर्ष दिन अगाडि 'नेपाली फिल्मको व्यापार ओरालो लागिरहेको देखेर फिल्म रिलिजको जोखिम लिन नसकेको' बताउने निर्माताले कोभिड १९ का कारण नेपाली फिल्म उद्योग इतिहासकै दयनीय भएका बेला फिल्मको टिजर रिलिज गर्नुलाई कुन अर्थमा बुझ्ने ?

२०७४ चैत्र २९ गते फिल्ममा रोल नै  नभएका कलाकार किरण केसीले समेत मुहुर्त सट दिएर निर्माण सुरु गरिएको फिल्मको २०७५ जेठ १ गते एक्सन टिजर नाम दिइ पहिलो टिजर रिलिज भएको थियो।

शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्माकी छोरी कविताको डेब्युको घोषणाले पनि फिल्मको प्रचारका लागि राम्रै मसला दियो । तर रमाइलो के भने पहिलो टिजरमा शक्ति र कविताको कुनै दृश्य राखिएकै थिएन।

शिव श्रेष्ठका छोरा शक्ति अस्ट्रेलिया बस्छन् । पछिल्लो समय उनी अस्ट्रेलिया जानेबेलासम्म फिल्मको सुटिङ नसकिएको शक्तिले बताएका थिए। लकडाउन अगाडि कलाकारहरुसँगको कुराकानीमा वर्षा राउत, सन्जोग कोइराला, कविता मानन्धर लगायतले कुराकानीमा फिल्म प्रती बितृष्णा पोखेका थिए। टिजरको रिलिज कलाकारसँगको मतभेद मत्थर गर्ने रणनीति त हैन ?

कोभिड १९ का कारण फिल्मको प्रदर्शन मात्र रोकिएको छैन । सुटिङ गर्न समेत चलचित्र विकास बोर्डले बन्देज लगाएको छ। केही कलाकारले सुटिङ नसकिएको दाबी गरिरहेको र निर्देशकले पोस्ट प्रोडक्सनमा रहेको भनिरहेको गन्जागोलमा फिल्मको प्रोडक्सन र पोस्ट प्रोडक्सन के साँच्चै नै सकेर दोश्रो टिजर रिलिज गरिएको हो त? जवाफदेहीता फिल्मका प्रस्तुतकर्ता शिव श्रेष्ठ, निर्माता यशोधा राई र निर्देशक दिपेस सापकोटाले कसरी दिने?

टिजर/टेल्लर रिलिज गर्नुलाई फिल्म प्रदर्शन नजिकिएकोले प्रचारको अस्त्र भनेर बुझिन्छ । कोभिड अगाडि त फिल्मको ब्यापार राम्रो नदेखेर रिलिज नगरेको दाबी गर्ने निर्माताले अहिले आएर के देखेर अर्को टिजर रिलिज गरे त? 

कलाकारले सुटिङ नसकिएको दाबी गरिरहँदा यो परिप्रेक्षमा दोश्रो टिजर आउँदा निर्माताले 'ह्याङ ओभर' उतार्न मात्र खोजेको देखिन्छ।  'बिग बजेट' फिल्म भएकोले डिजिटल प्लेटफर्ममा मात्र रिलिज गरेर फिल्मले लगानी उठाउने विकल्प पनि निर्मातासँग छैन ।

कलाकारहरुको फिल्मप्रतिको बितृष्णा, कलाकारलाई दिइएको स्कृप्ट र सकिएको भनिएको सुटिङबीच तालमेल नहुनु, कोभिड अगाडि फिल्म उद्योगमा खासै कमाइ नभएर रिलिज नगरिएको भन्नु तर अहिले झन अवस्था खराब भएको बेला फिल्म रिलिजको झ्याली पिट्नु लगायत सन्दर्भमा टिजर रिलिज गरिनु आफैँमा विरोधाभाष देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.