बाइडेनले चुनाव जितिसके: सभामुख पेलोसी

बाइडेनले चुनाव जितिसके: सभामुख पेलोसी

वासिंटन : अमेरिकी सभामुख नान्सी पेलोसीले जो बाइडेन विजयी भएको बताएकी छन् । मतगणना सकिनै लाग्दा डेमोक्रेटिक नेत्री पेलोसीले यस्तो घोषणा गरेकी हुन् ।

तर आधिकारिक रुपमा आएका सूचना अनुसार मतगणना अन्तिम चरणमा पुगेको र जो बाइडेन जितनजिक पुगेको बताइएको छ । 'यो बिहान यो कुराको स्पष्ट भइसकेको छ कि बाइडेन र ह्यारिसले ह्वाइटहाउसमा जित्दैछन्,' पेलोसीले भनिन् । चुनाव जिताउन निर्णायक राज्य मानिएको पेन्सिल्भेनियाको गणनामा बाइडेनले जितेपछि अब उनले नै चुनाव जित्ने पक्कापक्की भएको बताइन्छ ।

साथै पेलोसीले यो देशकै लागि खुसीको दिन भएको पनि बताइन् । 'हाम्रो देशका लागि खुसीको दिन। जो बाइडेन एक साधारण छन् । किनकि उनी जनतालाई एकै ठाउँमा ल्याउन प्रतिवद्ध छन्,' पेलोसीले भनिन् ।

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित बन्न कम्तिमा २ सय ७० इलेक्टोरल भोट आवस्यक पर्छ । मतगणना अन्तिम चरणमा पुग्दा बाइडेनले २ सय ५३ भोट ल्याइसकेका छन् । जबकि ट्रम्पले २ सय १४ भोट मात्रै पाएका छन् ।

अमेरिकी चुनावको इतिहासमा यसपटकको निर्वाचनलाई ऐतिहासिक पनि मानिएको छ । सबैभन्दा धेरै मतदाता भएकाले र महामारीका बीच गरिएकाले पनि । साथै यसपटक हुलाकबाट पनि मतदान भयो । राष्ट्रपति ट्रम्प भने हुलाकबाट मतदान गर्ने प्रक्रियाको विपक्षमा थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.