रेसुंगामा पर्यटक चहलपहल

रेसुंगामा पर्यटक चहलपहल

 गुल्मी : गुल्मीको पवित्र धार्मिक एवं पर्यटकीय स्थल रेसुंगामा पौराणिक आकृतिले सजिएको रिसोर्ट निर्माण भएको छ। सदरमुकाम तम्घास बजारको शिरमा रहेको रेसुंगामा रिसोर्ट निर्माणका लागि रेसुंगा नगरपालिका र पौवा होटल प्रालिबीच सम्झौता भएपछि रिसोर्ट निर्माण भएको थियो। पौवा होटल प्रालिले १० करोड रुपैयाँ लगानीमा रिसोर्ट सञ्चालन गर्ने सम्झौता गरेको थियो। 

रिसोर्ट सञ्चालनमा आएपछि रेसुंगा पुग्ने पर्यटकको संख्यामा उत्साहजनक रूपमा वृद्धि भएको पौवा रिसोर्टले जनाएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी प्रालि र नगरपालिकाबीच सम्झौता भएको थियो। तर, कोरोनाका कारण भ्रमण वर्ष स्थगित भए पनि महामारीकै बीच रेसुंगामा पौवा रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याइएको छ।  

रिसोर्ट सञ्चालनमा आउनेबित्तिकै जिल्लाभित्र र बाहिरका पर्यटक रेसुंगा पुग्ने गरेको पौवा रिसोर्टका सञ्चालक धुव्र न्यौपानेले बताए। ‘गुल्मी र अन्य जिल्लाका पाहुना आएका छन्’, उनले भने, ‘पर्यटकको संख्या बढ्दो छ।’ न्यौपानेका अनुसार पौवा रिसोर्टले रेसुंगा आउने धार्मिक एवं पर्यटकीय पाहुनालाई आवश्यकताअनुसार 

सुविधा प्रदान गर्ने भएको छ। 

होटल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले रेसुंगामा हुने साहित्य सम्मेलन र योगाको समेत रिसोर्टमा सुविधा रहेको जानकारी दिए। उनका अनुसार पर्यटकको स्वागतसँगै विभिन्न भोज र विवाहका लागिसमेत पौवा रिसोर्टले सुविधा प्रदान गर्ने जनाएको छ। भण्डारीले सदरमुकाम तम्घासमा आएका रेसुंगा पुग्ने पर्यटकलाई सम्पर्कको आधारमा यातायातको समेत व्यवस्था गरिएको बताए। 

२०७६ साल कात्तिकदेखि २५ वर्षसम्मका लागि जग्गा ‘लिजमा’ लिने गरी सम्झौता भएको नगर प्रमुख भुसालले बताए।  पौवा होटल प्रालिलाई विश्वास गरेर जग्गा लिजमा दिइएको उनको भनाइ छ। प्रालिले नगरपालिकाकै इस्टिमेट तथा डिजाइनमा हाल भइरहेको संरचनामा तीन तलाको भवन निर्माण गर्ने सहमति भएको छ। प्रालिले रेसुंगा पोखरी क्षेत्रनजिकै करिब २५ रोपनी क्षेत्रफलको जग्गामा उपभोग गर्न पाउने भएको हो।   

पौवा होटल प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले आफ्नो जन्मथलो गुल्मी भएकोले आफ्नै जन्मथलो र रेसुंगाको पुण्यभूमिमा लगानी गर्न पाउँदा खुसी लागेको बताए। रेसुंगाको  शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपश्या गरेको जनश्रुति छ। यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरूसमेत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.