सात चिकित्सकसहित १७ जनामा कोरोना पुष्टि भएपछि अर्घाखाँची अस्पताल बन्द

सात चिकित्सकसहित १७ जनामा कोरोना पुष्टि भएपछि अर्घाखाँची अस्पताल बन्द

 सन्धिखर्क : सातजना चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द भएको छ । 

अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमसहित ७ जना चिकित्सक र १० जना स्वास्थयकर्मी गरेर १७ जनामा लक्षणसहितको कोरोना देखिएपछि प्रसूति र अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो । 

चिकित्सक र स्वास्थ्यकर्मीमा  संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्मको लागि अस्पतालका सबै सेवा बन्द गरिएको  जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर डा. गौतमले जानकारी गराएका हुन् । 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.