बाइडेनलाई जित घोषणा नगर्न ट्रम्पको चेतावनी

बाइडेनलाई जित घोषणा नगर्न ट्रम्पको चेतावनी

वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रतिस्पर्धी जो बाइडेनलाई विजयी भएको घोषणा नगर्न चेतावनी दिएका छन् ।

ट्रम्प स्वयंले भने यसअघि नै आफू विजयी भएको घोषणा गरिसकेका थिए । तर पछिल्लो परीणाम अनुसार डेमोक्रेटिकका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन् । निर्णायक मानिएको राज्य पेन्सिल्भेनियामा पनि बाइडेनले अग्रता कायम गरेका छन् । र अब मतगणना अन्तिम चरणमा पुगेको अवस्थामा बाइडेनले नै चुनाव जित्ने आंकलन गरिएको छ । 

पेन्सिल्भेनियाबाट प्राप्त हुने २० इलेक्टोरल भोटबाट नै बाइडेन ह्वाइट हाउस छिर्ने बाटो तय हुनेछ । बाइडेनले यसअघिको सम्बोधनको क्रममा आफू जितको बाटोमा रहेको बताएका थिए । ट्रम्पले भने आफूले जितिसकेको तर मतगणनामा धाँधली गरिएको भन्दै बाइडेनमाथि आरोप लगाएका थिए ।

साथै उनले केही राज्यमा त मतगणना रोक्न र प्रक्रिया फेरि सुरु गर्न भन्दै अदालतमा मुद्दा दायर नै गरेका थिए । तर उनको मुद्दा अदालतले खारेज गरिसकेको छ । निर्णायक मानिएका राज्यहरु पेन्सिल्भानिया, जर्जिया, नेभाडा र एरिजोनामा पनि बाइडेन नै अगाडि भएको अवस्थामा लगभग उनी जितको निकट छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.