ट्रम्पका वकिलले भनेः ट्रम्पले मतपरिणाम स्वीकार गर्दैनन् !

ट्रम्पका वकिलले भनेः ट्रम्पले मतपरिणाम स्वीकार गर्दैनन् !

वासिङटन : डोनल्ड ट्रम्पका निजी वकिल रुडी गिलानीले यस निर्वाचनलाई डोनल्ड ट्रम्पले अस्वीकार गर्ने बताएका छन् ।

डेमोक्र्याट उम्मेदवार जो बाइडेन विजयी भइसकेको अवस्थामा रुडीले यस्तो बताएका हुन् । बाइडेनले चुनाव जितिसके पनि अब उनले राष्ट्रपति पद सम्हाल्न अझै केही साता लाग्नेछ । यससँगै बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति बनेका छन् ।

पेन्सिल्भेनियामा मतगणना गर्ने क्रममा धाँधली भएको भन्दै ट्रम्पले मतपरिणाम अस्वीकार गर्ने प्रतिक्रिया दिएका हुन् । तर यसबारे उनले कुनै प्रमाण पेश गरेका छैनन् । गिलानीका अनुसार ट्रम्पले केही राज्यको मतगणनाविरुद्ध उजुरी दिँदैछन् ।

साथै फिलाडेल्फिया राज्यमा मतगणनामा तनाब हुनुमा त्यहाँ ‘डेमोक्रेटिक मेसिन’ भएको पनि उनले आरोप लगाए । साथै मृत मानिसहरुको नाममा पनि भोट दिइएको उनको आरोप थियो । तर गिलानीले यसबारे कुनै प्रमाण पेश गरेका छैनन् ।

पेन्सिल्भेनियामा ट्रम्पले सुरुमा जितिरहेको अवस्थामा हुलाकबाट आएका मतमा अनपेक्षित रुपमा गुमाउनुपरेको कुरालाई लिएर गिलानीले प्रश्न उठाएका छन् । साथै यसलाई ट्रम्प र गिलानी दुबैले धाँधली भएको भन्दै आरोप लगाएका हुन् ।

ट्रम्प सुरुदेखि नै हुलाक र इमेलबाट मतदान गर्ने कुराको विरोध गर्दैआएका थिए । त्यसो त, विश्लेषकहरुले ट्रम्पलाई हुलाकबाट आउने भोटमा ट्रम्प पछि पर्ने टिप्पणी चुनावअघि नै गरेका थिए ।

यस्तै गिलानीले मिडिया ट्रम्पप्रिति पूर्वाग्रही बनेको र उनीविरुद्ध घृणा फैलाएको आरोप पनि लगाए । शनिबारको अन्तिम मतपरिणाम अनुसार जो बाइडेनले २७३ इलेक्टोरल भोट ल्याउँदै विजयी भए । यस्तै उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी बनिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.