एकै घरमा तीन अपांग

एकै घरमा तीन अपांग

सन्धिखर्क : रिपाहामा उत्तर फर्केको गाउँको एउटा सानो घर। घरको दलानमा ३२ वर्षीय एक युवक पल्टिएका छन्। उनको शरीर चल्दैन। मुडो पल्टिए जस्तै गरी पल्टिएका त्यही छोरालाई कुरेर आमा दलानकै छेउमा बसेकी थिइन्। उनी पनि मानसिक रोगी छन्। उनमा खासै चेतना छैन। 

आँगनको डिलमा अर्का २९ वर्षीय मानसिक अपांगता भएका व्यक्ति बसेका छन्।  एकै घरमा तीन जना मानसिक र शारीरिक अपांगता भएका व्यक्ति छन्। यसरी अपांग हुनेमा आमा र २ छोरा छन्। ६२ वर्षीय बुबा हरिप्रसाद भुसाल पनि दमका दीर्घ रोगी छन्।  तीनै अपांगलाई हेर्दै आफ्नो कर्म र भाग्यलाई धिक्कारर्दै दिन बित्छ उनको पनि। भन्छन्, ‘भाग्यले यस्तै बनाइदियो, उपचार गर्न त सकिएनन नै, दुई छाक खुवाउनसमेत कठिन भएको छ।’ छत्रदेव गाउँपालिका २ झिरबासको यो परिवारमा एक छोरी मात्र सवलांग छन्। तिनै छोरी र बुबाले अरुले सहयोग र दान दिएको खाना पकाएर अपांगता श्रीमती र छोराको सास राखेका छन्। 

‘बुबा रोगी हुनुहुन्छ। ६० वर्षीय आमा, ३२ र २९ वर्षका दाजु मानसिक तथा शारीरिक अपांग छन्। आम्दानीको स्रोत केही छैन्  छोरी १९ वर्षीय लक्ष्मी भुसालले भनिन्,‘वडा र गाउँलेले दिएको सहयोगले बाचेका छौँ।’ उनलाई विद्यालयमा पढ्न चाहिने किताब कापीसमेत वडा कार्यालयले व्यवस्थापन गरेको छ। 

खरको छानो भएको घरमा टिन लगाइदिएको तथा घरमा चाहिने अन्न, दाल तरकारी, नुन तेल, तथा ओढ्नका लागि कम्बलसमेत वडा कार्यालय, व्यवस्थापन गरेको छ।  घरमा दैनिक खाने

गाँसको स्थानीयले व्यवस्थापन गर्दै आएको वडा अध्यक्ष राजेश पन्थीले बताए ।  नागरिकता नभएपछि अपांग परिचयपत्रसमेत उनीहरू कसैको छैन।  अपांग परिचयपत्र नभएपछि अपांग भत्ता पाउने कुरै भएन।
अनागरिक रहेका उनीहरूलाई घरमै पुगेर नागरिकता बाँडिएको छ। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले अपांगता भएकालाई जिल्ला प्रशासन कार्यलय सन्धिखर्कसम्म जान समस्या हुने भएपछि घरमै पुगेर नागरिकता वितरण गरिएको जानकारी दिए।  

अब उनीहरूलाई छिट्टै अपांग परिचयपत्र बनाइदिएर अपांग भत्ता प्रदान गर्ने गाउँपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठले बताइन्। अपांग परिचयपत्र पनि घरमै आए प्रदान गर्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.