बाइडेनको चुनौतीः मुस्लिमहरुमाथिको प्रतिबन्ध कसरी फुकाउलान् ?

बाइडेनको चुनौतीः मुस्लिमहरुमाथिको प्रतिबन्ध कसरी फुकाउलान् ?

वासिङटन : जो बाइडेनले राष्ट्रपति बनेपछि पहिलो निर्णयको रुपमा १३ वटा मुस्लिम वाहुल्य देशबाट यात्रा प्रतिबन्ध लगाइएका मुस्लिमहरुको प्रतिबन्ध फकुवा गर्ने प्रतिवद्धता गरेका छन् ।

डोनल्ड ट्रम्पले यसअघि नै २०१७ मा विशेष आदेश दिँदै विभिन्न सात मुस्लिम वाहुल्य देशबाट अमेरिका यात्रा प्रतिबन्ध लगाएका थिए । पछि त्यसलाई बढाएर १३ देशबाट यात्रा गर्न नपाउने बनाए ।

ट्रम्प प्रशासनले धेरै पटक कानुनी चुनौतीका बावजुद उक्त आदेशमा परिमार्जन गरेको थियो । तर यस्ता आदेश र राष्ट्रपतिको घोषणाबाट जारी गरिएका प्रतिबन्ध सजिलै फिर्ता लिन सकिने बताइन्छ ।

बाइडेनले गत अक्टोबरमा अमेरिकामा बढ्दै गरेका अपराधविरुद्धको कानुन बनाउन राजनीतिज्ञहरुलाई दबाब दिने पनि वाचा गरेका थिए । ‘मेरो प्रशासन हरेक तहमा मुस्लिम अमेरिकनहरुले सेवा गर्न पाउने सुविधा सहितको अमेरिका जस्तो हुनेछ । म राष्ट्रपतिको रुपमा समाजमा फैलिएको घृणा हटाउन तपाईँहरुसँगै हुनेछु,’ बाइडेनले भनेका थिए ।
बाइडेनले अघि भनेका थिए, ‘पहिलो दिनमै म ट्रम्पको असंवैधानिक मुस्लिम प्रतिबन्ध फुकुवा गर्नेछु ।’

ट्रम्पले भने इरान, लिबिया, सोमालिया, सिरिया र यमनबाट अमेरिका यात्रा गर्न नपाउनेगरी यात्रामा प्रतिबन्ध लगाएका थिए । गैरकानुनी र धार्मिक विभेद भएको भन्दै कडा आलोचनाका बावजुद ट्रम्पले यस्तो निर्णय गरेका थिए । पछि उनले भेनेजुएला, उत्तर कोरिया, नाइजेरिया, सुडान, म्यानमार लगायत देशबाट पनि अमेरिका प्रवेश गर्न नपाउने निर्णय गरेका हुन् ।
त्यसो त, कोरोना महामारीका बीच अमेरिकामा निर्वाचन सम्पन्न भयो । डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन ४६औँ राष्ट्रपतिको रुपमा निर्वाचित भए ।

उनले कडा प्रतिस्पर्धासँगै ट्रम्पलाई हराए । जब कि, बाइडेनसँगै अमेरिकी मुस्लिम, अल्पसंख्यक, अस्वेत र आप्रवासी समुदायको ठूलो सपना जोडिएको छ । चुनावअघि देखि नै बाइडेनले आप्रवासीको साथ पाएका हुन् । त्यसैले पनि उनले उपराष्ट्रपतिको रुपमा कमला ह्यारिसलाई अघि सारे । आफ्नो सल्लाहकार नै भारतीय मूलका विज्ञलाई नियुक्त गरे ।

समग्रमा बाइडेनप्रति ठूलो आप्रवासी र मुस्लिम समुदायको सपना जोडिएको छ । ट्रम्पले आप्रवासी, मुस्लिम, अस्वेत, महिला र तेस्रोलिंगीहरुविरुद्ध कडा टिप्पणी गर्ने भएकाले पनि अल्पसंख्यक समुदायको ठूलो हिस्सा बाइडेनको पक्षमा थियो ।

अमेरिकी राजनीतिक विश्लेषकहरुका अनुसार अब बाइडेनले ट्रम्पले गरेका कतिपय निर्णय उल्ट्याउनुपर्ने बाध्यता पनि देखिनेछ । जबकि, कतिपय सन्दर्भमा अमेरिकामा बढ्दै गरेको अपराध, हिंसाको कारण आप्रवासन सम्बन्धी खुकुलो नीतिलाई पनि लिइने गरिएको छ ।

ट्रम्प यस्ता मुद्दामा कठोर रुपमा अडिग हुने भएकाले एउटा तप्का उनको पक्षमा खुलेरै लाग्ने गरेको थियो । अमेरिकालाई सधैँ सुरक्षित राख्न चाहने ठूलो हिस्साले ट्रम्पलाई नेता मान्नुको कारण पनि त्यही थियो । बाइडेन भने यस्ता कतिपय कुरामा लचिलो मानिन्छन् । परराष्ट्र मामिलामा विज्ञता हुँदा हुँदै बाइडेनका लागि राष्ट्रिय सुरक्षा तथा अपराध नियन्त्रणको रणनीति चुनौतीको रुपमा देखिनसक्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.