बाइडेनका २० रहस्यः गरिब भिआइपीदेखि इराक युद्धका पक्षधर !

बाइडेनका २० रहस्यः गरिब भिआइपीदेखि इराक युद्धका पक्षधर !

वासिङटन : अमेरिकाको सबैभन्दा बढी उमेरको राष्ट्रपति बनेका जो बाइडेन सबैभन्दा कान्छो सांसद पनि हुन् । ३६ वर्षसम्म सांसद रहेका बाइडेनले ४६ वर्षको सक्रिय राजनीति गरेका छन् ।

राजनीतिमा उच्चतम सफलता र खुसी प्राप्त गरेका बाइडेनले व्यक्तिगत र पारिवारिक जीवनमा ठूलो क्षति भोगेका छन् । सामान्य परिवारबाट आएर पनि अमेरिकी राजनीतिको उच्चतम तहमा पुगेका उनका केही गोप्य तथ्यहरु :

पेन्सिल्भेनियाको बसाइ

बाइडेनको बाल्यकाल पेन्सिल्भेनियामै बित्यो । उनी त्यही राज्यमा जन्मिएका थिए । पेन्सिल्भेनिया, जुन राज्य नै अहिले बाइडेनलाई राष्ट्रपति पदमा जिताउने निर्णायक राज्यको रुपमा चिनियो ।

अंकलको घर

बाइडेन जतिबेला १० वर्षका थिए, त्यसबेला उनको परिवार विलमिङटनस्थित डेलावारमा अंकलको घरमा गएर बस्न थाले । एउटा सानो र साँघुरो घरमा उनीहरु कोचिएर बस्न बाध्य भएका थिए । जहाँ बाइडेनका तीन दाजुभाइ एउटै कोठामा ओछ्यान सेयर गरेर बस्नु परेको थियो ।

बाइडेनको भकभकाउने बानी

बाइडेन सानो छँदा भकभकाएर बोल्ने गर्थे । उनको यस्तै बानीले गर्दा कक्षामा साथीहरु उनलाई ‘भकभके’ भनेर पनि जिस्क्याउने गर्थे । यस्तो बानी सुधार्न उनले सिंगो अनुच्छेद स्मरण गर्दै एकै चोटि पढ्ने बानी बसाले । कक्षामा पढ्दा पनि उनी यस्तै अभ्यास गर्थे ।

क्लास प्रेसिडेन्ट

बाइडेन ‘आर्कमेर एकेडेमी’ एउटा क्याथोलिक स्कुलमा पढेका थिए । जहाँ उनी क्लास प्रेसिडेन्ट समेत बनेका थिए ।

फुटबलर

स्कुलमा छँदा उनी कुशल फुटबल खेलाडी थिए । स्कुले जीवनमा उनले ‘वाइड रिसिभर’को रुपमा आफ्नो फुटबलको कौशल देखाए ।

बहमासमा निलियासँग भेट

बाइडेनले पत्नी निलिया हन्टरसँग बहमासमा कलेजको बिदा मनाउन जाने क्रममा पहिलो पटक भेट गरेका थिए । त्यो भेट एक बसन्तमा भएको थियो ।

पैसा अभाव

निलियासँ डेटिङ जाँदा उनीसँग रेष्टुरेण्टमा बिल तिर्ने पैसा पनि बाइडेनसँग थिएन । निलियाले २० डलर टेबुलमुनिबाट दिएकी थिइन् ।

निलियासँग विवाह

निलियासँग उनले १९६६ मा विवाह गरेका थिए । र १९६९ मा छोरा बेउ १९६९ जन्मिए । त्यसपछि अर्को वर्ष उनीहरुबाट छोरी नाओमी जन्मिइन् ।

भियतनाम युद्धको बेला

भियतनाममा अमेरिकाले युद्ध गरिरहँदा बाइडेन कानुनको पढाइ भर्खरै सक्दै थिए । त्यसबेला अधिकांश विद्यार्थी भियतनाममा युद्ध अन्त्यको लागि विशाल प्रदर्शन गरिरहँदा बाइडेन भने सिनेटमा छिर्ने प्रयत्नमा थिए । अन्ततः उनी ३० वर्षको उमेरमै सिनेटर बन्ने मौका पाए ।

उमेर

बाइडेन ७८ वर्षका भए । र उनी नै अमेरिकाको इतिहासमा सबैभन्दा बढी उमेरको राष्ट्रपति हुन् । उनका बाबु ८६ वर्षको उमेरमा बितेका थिए । आमा चाहिँ ९२ वर्षको उमेरमा ।

पारिवारिक बियोग

बाइडेन जब पहिलो पटक सिनेटमा छिरेका थिए । उनी निर्वाचित भएको केही सातामै उनकी पत्नी निलियासहित तीन सन्तानको एउटा ठूलो सवारी दुर्घटनामा परेर मृत्यु भयो । क्रिसमस ट्री ल्याउँदै गरेका उनीहरुको गाडीलाई ट्रकले ठक्कर दिएर उनीहरुको मृत्यु भएको थियो ।

दोस्रो विवाह

बाइडेनले १९७७ मा अर्को विवाह गरे । पहिलो पत्नीको मृत्युपछि जील ट्र्यासी ज्याकोब्ससँग उनले दोस्रो विवाह गरेका हुन् । जील अंग्रेजी शिक्षिका थिइन् ।

इराक युद्धका लागि मतदान

२००२ मा बाइडेनले इराक युद्धको पक्षमा संसदमा मतदान गरेका थिए । र तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसले इराकमा शक्ति प्रयोग गर्ने प्रस्तावमा हस्ताक्षर गरिरहँदा बाइडेन ह्वाइटहाउसमै उपस्थित थिए । तर बाइडेनले संसदको उक्त मतदानलाई गल्तीको रुपमा आत्मालोचना गरेका छन् ।

राष्ट्रपति पदमा उम्मेदवारी

बाइडेनले २००८ मा नै दोस्रो पटक राष्ट्रपति पदमा उठ्ने तयारी गरेका थिए । तर प्रारम्भिक छनोट प्रक्रियाबाट उनी बाहिरिनु परेको थियो । उनको नाम पार्टीभित्र पाँचौ तहमा आएपछि उनी पछि हटेका थिए । तर सात महिनापछि बाराक ओबामाले उनलाई उपराष्ट्रपतिको रुपमा चयन गरे ।

समलिंगी विवाहको समर्थन

बाराक ओबामा २०१२ मा दोस्रो पटकको राष्ट्रपति पदमा उम्मेदवारी दिएर चुनावी अभियानमा छँदा बाइडेनले भने समलिंगी विवाहको पक्षमा उभिएर ओबामाप्रति रोष प्रकट गरे ।

छोराको मृत्यु

बाइडेनका जेठो छोरा बेउको ब्रेन क्यान्सरबाट २०१५ मा मृत्यु भयो । यसकारण पनि उनले पारिवारिक बियोग धेरै पटक भोगेका छन् ।

गरिब उच्च अधिकारी

बाइडेन अमेरिकी उच्च पदस्थ अधिकारीमध्ये सबैभन्दा कम धनीमध्ये पर्छन् । ५ सय ८१ जना उच्चपदस्थ अधिकारीमध्ये उनको नाम ५ सय ७७औँ स्थानमा पर्छ । उनको पारिवारिक पृष्ठभुमि पनि सामान्य नै थियो ।

मनपर्ने फिल्म

बाइडेनलाई मन पर्ने फिल्म ‘च्यारिअट्स अफ फायर’ हो । जुन बेलायती ऐतिहासिक ड्रामामा आधारिक फिल्म हो । उक्त फिल्म १९२४ को ओलम्पिकमा खेलेका त्यहाँका दुई धावकहरुको सत्य कथामा आधारित छ ।

रेस्लिङको चेतावनी

उनले एकपटक त एक जना रिपोर्टरलाई रेस्लिङ प्रतिस्पर्धाको लागि चेतावनी समेत दिएका थिए ।

सबैभन्दा जेष्ठ र अनुभवी

बाइडेन सबैभन्दा जेठो उमेरको अमेरिकी राष्ट्रपति मात्रै हैन । अमेरिकी राजनीतिमा सबैभन्दा धेरै वर्ष बिताएको र जीवीत नेता उनै हुन् । जसले ४६ वर्ष राजनीतिमा बिताइसकेका छन् । जबकि, उनका समकालिन र उनका सिनियरहरुमध्ये राजनीतिमा सक्रिय उनी मात्रै हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.