एक लाख बढी मूल्यको अवैध बिँडी बरामद

एक लाख बढी मूल्यको अवैध बिँडी बरामद

बैतडी : भारतको झुलाघाट नाका भएर अवैध रुपमा नेपाल भित्र्याएको बिँडी सशस्त्र प्रहरीको गस्ती टोली बरामद गरेको छ । भारतबाट किनेर महाकाली नदीमा ट्युब मार्फत नेपाल ल्याएको बिँडी दशरथचन्द नगरपालिका ६ सुकुट्टीबाट बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले जानकारी दिए । 

सीमा नाका झुलाघाटमा रहेको सशस्त्र प्रहरीको बीओपीबाट खटिएको गस्ती टोलीले शनिबार राती १ लाख ३२ हजार बराबरको ६ पेटी बिँडी बरामद गरेको हो । बिँडी ल्याउने मान्छे भने सशस्त्रको टोली देख्ने बित्तिकै भागेको जनाइएको छ । उनले भने, 'हामीले शनिबार राती गस्तीको क्रममा अवैध रुपमा नेपाल भित्र्याएको बिँडी बरामद गरेका थियौं । बिँडी ल्याउने मान्छे भने गस्ती टोली देख्ने बित्तिकै भागेर गइहाले ।'

बरामद गरिएको बिँडी आइतबार महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए  । भारतसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबमार्फत अवैध सामान ल्याउने क्रम रोकिएको छैन् ।

पछिल्लो समयमा सीमामा सशस्त्र प्रहरीको बीओपी स्थापना भएपछि अवैध रुपमा भित्र्याएको सामग्री बरामद हुन थालेको छ । सीमा क्षेत्रमा सशस्त्रले गस्ती बढाएको र अवैध रुपमा ल्याउने सामग्री रोक लगाउने गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.