भारतीय तरकारी आयात नहुँदा किसानलाई फाइदा

भारतीय तरकारी आयात नहुँदा किसानलाई फाइदा

बैतडी : बारीमा उत्पादित बर्खे तरकारीको भाउ मिलेपछि यो वर्ष बैतडीका किसान खुसी भएका छन्। अन्य वर्षको तुलनामा यो वर्ष तरकारीको भाउ राम्रो पाइएकाले बर्खे तरकारीबाट फाइदा भएको दशरथचन्द नगरपालिका १ सतबाँझका किसान कृष्णदत्त भट्टले बताए। 

यो वर्ष भारतबाट तरकारी आयात नहुँदा किसानले बारीमा फलाएको तरकारीले बजार मूल्य राम्रो पाएको हो। अरु वर्ष १० रुपैयाँ प्रतिकेजी बिक्री हुने बन्दा यो वर्ष ५० रुपैयाँ प्रतिकेजीका हिसाबले बिक्री भएको उनले बताए। बन्दाबाटै आफूले यो वर्ष दुईलाख बढी कमाएको भट्टले बताए। उनले भने, ‘यो वर्ष बारीमा फलेको तरकारीले बजार मूल्य राम्रो पाउँदा हामी खुसी भएका छौं। कम्तीमा एकजना किसानले १ लाखको बन्दा बिक्री गरेका छन्।’

अघिल्ला वर्ष बजार मूल्य नपाउँदा बारीमै बन्दा राख्नुपरेको तितो अनुभव भए पनि यो वर्ष तरकारीले समयमै राम्रो बजार मूल्य पाएको किसान कृष्णबहादुर बोहराले बताए। भारतबाट तरकारी आयात नभएपछि आफूहरुले फलाएको तरकारीले बजार पाएको उनले बताए। उनले भने, ‘यो वर्ष बारीमा फलेको काउली, बन्दा, गोलभेडा धनगढीसम्म बिक्री गरेका छौं। व्यापारीहरुले बारीमै आएर तरकारी किनेर लगेका छन्। अरु वर्ष भारतीय तरकारी सस्तोमा पाइने हुँदा हामीलाई समस्या भएको थियो।’

बारीमा लगाएको बन्दा गत वर्ष बजार भाउ नपाउँदा ७ रुपैयाँ प्रतिकेजीका हिसाबले बिक्री गरेका सुर्नया ६ का किसान केशवदत्त अवस्थीले यो वर्ष प्रतिकेजी रु ४० का हिसाबले बारीबाटै बिक्री गरेको बताए। उनले भने, ‘यो वर्ष व्यापारी बारीमै आएर बन्दा खरीद गरे। तरकारी खेतीबाट निकै राम्रो आम्दानी भयो।’

बारीमा लगाएको बन्दाबाट १ लाख बढी आम्दानी गरेको किसान मञ्जु बिजलले बताइन्। उनले भनिन् ‘गत वर्ष बन्दा बिक्री भएको थिएन। यो वर्ष पनि बिक्री हुने होइन कि भनेर चिन्तित बनेका थियौं। तर यो वर्ष बन्दा खरिद गर्न व्यापारी घरमै आए।भारतबाट तरकारी आयात नहुँदा हामीहरुलाई निकै फाइदा भयो।’

बैतडीबाट यो वर्ष ५० हजार क्विन्टल बन्दा बिक्री भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। उनले भने, ‘हामीले यो वर्ष बैतडीबाट मात्रै ५० हजार क्विन्टल बन्दा बिक्री भएको अनुमान गरेका छौं। यसबाट अढाइ करोड बढीको बन्दा बिक्री भएको छ।’

बैतडीमा ४ हजार ६ सय हेक्टर जमीनमा तरकारी खेती हुँदै आएको छ। प्रत्येक वर्ष व्यवसायिक तरकारी खेती गर्ने किसानहरुको संख्या बढ्दै गएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख चन्दले बताए। तरकारीखेतीबाट फाइदा हुने भएकाले यसमा किसानहरुको आकर्षण बढ्दै गएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.