चुनाव हारेपछि ट्रम्पको पार्टीभित्रै विवाद

चुनाव हारेपछि ट्रम्पको पार्टीभित्रै विवाद

वासिंटन : अमेरिकामा राष्ट्रपति चुनाव हारेपछि राष्ट्रपति डोनल्ड ट्रम्प चुनावको नतिजा स्वीकार गर्न तयार देखिएका छैनन् । र उनले झैँ उनको पार्टी रिपब्लिकनका अरु केही नेताले पनि चुनावमा धाँधली भएको आरोप लगाउन थालेका छन् ।

रिपब्लिकनका अर्का वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले भने निर्वाचित भएका जो बाइडेनलाई बधाइ दिँदै चुनावी परीणाम स्वीकार गर्नुपर्ने बताए । अमेरिकी मिडियाका अनुसार चुनावी परीणामपछि रिपब्लिकन पार्टीमा ट्रम्पको मतभेद देखिन थालेको छ ।

उनी अहिले पनि मतदानमा भोट चोरी भएको भन्दैआएका छन् । केही राज्यको मतदानलाई लिएर त उनले अदालतमा उजुरी समेत दिए । तर उनको उजुरीको सुनुवाइ भएन । ट्रम्पको पछिल्लो अभिव्यक्तिका कारण रिपब्लिकन पार्टीभित्रै विवाद उत्पन्न भएको छ । २००० को चुनावमा रिपब्लिकन नेता तथा तत्कालिन उम्मेदवार जर्ज डब्लु बुसको तर्फबाट मतगणनाका लागि कानुनी रणनीति बनाउने एक वरिष्ठ वकिल बेन गिन्सबर्गले भने ट्रम्पलाई केही समय पर्खेर पूरा नतिजा हेर्न सुझाव दिए ।

उनले लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण संस्था नै चुनाव भएकाले यसको परीणामलाई स्वीकार गर्नुपर्ने बताए । साथै  यस संस्थालाई ट्रम्पले आदर गर्नुपर्ने उनको सुझाव थियो । यस्तै चुनावमार्फत नै सत्ताको शान्तिपूर्ण हस्तान्तरण गरिनुपर्ने उनले बताएका थिए । तर ट्रम्पलाई लक्षित गर्दै उनले यस संस्थालाई तहसनहस पार्न नसक्ने पनि बताए । यसवाहेक रिपब्लिकन पार्टीमा अन्य नेताहरुले पनि मिश्रित प्रतिक्रिया दिन थालेका छन् । ट्रम्पको आरोपप्रति भने धेरैले साथ दिएका छैनन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.