चुनावी नतिजा स्वीकार गर्ने कि नगर्ने ?, ट्रम्पको परिवारभित्रै विवाद

चुनावी नतिजा स्वीकार गर्ने कि नगर्ने ?, ट्रम्पको परिवारभित्रै विवाद

वासिङटन : डोनल्ड ट्रम्पले राष्ट्रपतीय चुनाव हार्दा विक्षिप्त देखिएका छन् । यतिसम्म कि, उनी चुनावी नतिजा स्वीकार गर्न तयार छैनन् ।

अनपेक्षित पराजयले ट्रम्प दुखी र क्रेधित त भए नै उनको परिवारभित्रको सानो समूहमा पनि विभाजन देखिएको छ । २०२० को चुनावी नतिजा स्वीकार गर्ने सवालमा नै उनीहरुबीच मतभेद सुरु भएको छ । ट्रम्पकी पत्नी मेलानिया र ज्वाइँ जेर्ड कुसनरले राष्ट्रपति ट्रम्पलाई चुनावी नतिजा स्वीकार गर्न सल्लाह दिएका छन् । तर ट्रम्पका जेठी पत्नीतर्फका दुई छोराले लडाइँ जारी राख्न सुझाव दिएका छन् ।

कुस्नर ट्रम्पका ज्वाइँ र वरिष्ठ सल्लाहकार पनि हुन् । जसले ट्रम्पलाई पराजय स्वीकार गर्न सल्लाह दिएको अमेरिकी मिडियाले जनाएका छन् । यस्तै मेलानियाले पनि अब पराजय स्वीकार गर्ने बेला आएको भन्दै सुझाव दिएको कुरा विभिन्न स्रोतको हवाला दिँदै सिएनएनले जनाएको छ ।

ट्रम्पको पराजयसँगै उनकी पत्नी मेलानियाले अब सम्बन्ध बिच्छेद गर्ने तयारी गरेको समेत केही मिडियाको दावी छ । डेलीमेलले मेलानिया निकट स्रोत देखाउँदै उनीहरुको सम्बन्ध केही वर्षयता बिग्रिरहेको र अब सम्बन्ध बिच्छेदको मनस्थितिमा पुगेको डेलीमेलले जनाएको छ ।

यसैबीच ट्रम्पका दुई वयष्क छोरा डोनल्ड जुनियर र एरिकले सल्लाहकारहरुलाई दबाब कायम राख्न सुझाव दिएका छन् । साथै उनीहरुले रिपब्लिकन पार्टी र समर्थकहरुलाई सार्वजनिक रुपमै चुनावी नतिजा अस्वीकार गर्न आग्रह गरेका छन् ।

स्रोत उल्लेख गर्दै अमेरिकी मिडियाले लेखेका छन् कि, ट्रम्पको अभियान समूहको उद्देश्य भनेको सार्वजनिक रुपमा परीणामबारे अन्योल र आशंका पैदा गर्नु रहेको छ । साथै खुला छानविनका लागि दबाब दिन पनि उनीहरु प्रयासरत छन् ।

चुनावी नतिजाबाट रिपब्लिकनका धेरै नेता तथा समर्थक पनि दुखी बनेका छन् । उनीहरुमध्ये केहीले ट्रम्पले कानुनी लडाइँका लागि पनि सुझाव दिएका छन् । नतिजा अस्वीकार गर्नु भन्दा बरु कनुनी लडाइँमा जानु उचित भएको उनीहरुको सल्लाह छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.