लुम्बिनीमा ‘भर्चुअल’ मोन्लम

लुम्बिनीमा ‘भर्चुअल’ मोन्लम

बुटवल : लुम्बिनीमा आध्यात्मिक वातावरण निर्माणको महत्त्वपूर्ण पर्व मोन्लम (विश्वशान्ति पूजा) यस वर्ष ‘भर्चुअल’ रूपमा भएको छ। 

कोरोना महामारीका कारण लुम्बिनीमै सहभागी हुन नसक्ने भएपछि भिडियोमार्फत मोन्लम मनाइएको हो। मोन्लम अर्थात् विश्वशान्ति पूजा लुम्बिनीमा ३० औं वर्षदेखि निरन्तर भइरहेको छ।

बौद्ध धर्मका दुई धारमध्ये महायानअन्तर्गत हिमाली बौद्ध परम्पराअनुसार शाक्य सम्प्रदायले लुम्बिनीमा मोन्लम गर्दै आएका छन्। यो नेपालको हिमाली क्षेत्र र तिब्बतमा स्थापित परम्परा हो। लुम्बिनीमा निरन्तर भइरहेको पर्वलाई निरन्तरता दिन मुख्य गुरु अभिकृत बज्र रिम्पोछेले 

भर्चुअल मोन्लम गरेका हुन्। तीन दिनमा छोट्याइएको मोन्लममा भर्चुअल माध्यमबाट विश्वभरका सयौं शाक्य परम्पराका अनुयायी र बौद्ध धर्मावलम्बी सहभागी भएको मोन्लम कमिटी नेपालका सदस्य सूर्यबहादुर लामाले जानकारी दिए।

मोन्लम लुम्बिनी पर्यटनको प्रमुख सांस्कृतिक आधारका रूपमा रहेको छ। १० देखि १२ दिनसम्म बृहत् रूपमा हुने शान्ति पूजामा हजारौं सहभागी हुन्थे। लुम्बिनीमा हुने भिक्षुमयताले बुद्धकालीन समयको झल्को दिँदै आएको लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्व प्रमुख इन्द्र काफ्ले बताउँछन्। ‘यस वर्ष भने लुम्बिनी भिक्षुमय हुन सकेन’ उनले भने, ‘भर्चुअल मोन्लममा कोरोनामुक्त विश्वको कामना गरिएको छ।’

गौतम बुद्धको महापरिनिर्वाणपछि बौद्ध भिक्षुहरू तीर्थ यात्राका लागि बुद्ध जन्मेको पवित्र भूमि लुम्बिनी आउन थालेको तथ्य बौद्ध ग्रन्थमा पाइन्छ। काफ्लेका अनुसार ईशापूर्व २४९ मा सम्राट् अशोक लुम्बिनी आउँदा यो स्थल बौद्ध तीर्थका रूपमा ख्यातिप्राप्त भइसकेको थियो। लुम्बिनीमा भेला भएका टाढाटाढाका बौद्ध भिक्षु यहाँ केही दिन बसी श्रद्धापूर्वक बुद्धको वन्दना गर्दै बुद्धका शिक्षा अर्थात् त्रिपिटकका सूत्र पाठ गरेर बस्थे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.