कोरोनाभाइरस: कति खोप तयार भए, कति तयार हुँदैछन् ?

कोरोनाभाइरस: कति खोप तयार भए, कति तयार हुँदैछन् ?

लण्डन : कोरोनाभाइरस महामारीविरुद्धको खोप विकासमा पछिल्लो समय उल्लेखनीय प्रगति भएको बताइएको छ । साथै प्रभावकारिता सम्बन्धी पनि महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।

बीबीसीका प्रकाशित समाचार अनुसार फाइजर र बायोएनटेकको संयुक्त प्रयासमा विकास भएको खोपको प्रारम्भिक परीक्षणमा यसले ९० प्रतिशत मानिसलाई जोगाउने देखिएको छ। तेस्रो चरणको परीक्षणको तथ्याङ्क सार्वजनिक गर्ने फाइजर र बायोएनटेक पहिलो समूह बनेको पनि बीबीसीमा उल्लेख छ ।

खोप विकासमा यो अवस्थालाई महत्त्वपूर्ण मानिएको छ । यस खोपलाई ४३ हजार भन्दा धेरैमा परीक्षण गरिएको तर सुरक्षा सम्बन्धी कुनै जोखिम नदेखिएको बताइएको छ ।

सर्वसाधारणकहाँ कहिले पुग्छ ?

उक्त खोप २०२० को अन्त्यसम्म पाँच करोड सर्वसाधारणसम्म उपलब्ध गराउन सक्ने फाइजरले जनाएको छ । र २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड मात्रा खोप आपूर्ति गर्नसक्ने पनि बताएको छ।

तर धेरै विज्ञहरूले यो खोप सन् २०२१ को मध्यतिर मात्रै सर्वसुलभ हुने बताएका छन् । यसवाहेक अन्य कम्पनीले पनि खोप विकासको काम अन्तिम चरणमा पुगेको जनाएका छन् । यस्तै बेलायतमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले डिसेम्बरको अन्त्यसम्म वा जनवरीमा आम सर्वसाधारणसम्म खोप उपलब्ध गराउन सकिने जनाएका छन् ।

बीबीसीका अनुसार आगामी महिनासम्म परीक्षणको अन्तिम चरणमा रहेका अन्य कम्पनीले पनि खोपको तथ्याङ्क सार्वजनिक गर्नेछन् । यसैबीच अन्य विभिन्न १० वटा खोप तेस्रो चरणको परीक्षणमा छन्।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका, यूके
मोडेर्ना, अमेरिका
क्यानसिनो, चीन
गामालेया रिसर्च इन्स्टीट्यूट, रुस
जान्ससेन
बेइजिङ् इन्स्टीट्यूट अफ बायोलोजिकल प्रोडक्ट्स र सिनोफार्म, चीन
सिनोभाक र बुटानटान, ब्रजिल
वुहान इन्स्टीट्यूट अफ बायोलोजिकल प्रोडक्ट्स र सिनोफार्म, चीन
नोभाभाक्स, अमेरिका ।

कम्पनीहरुले जनाए अनुसार अर्बौँ मात्रामा खोपको उत्पादन गर्नु आवस्यक छ । खोपलाई सर्वसाधारणको प्रयोगमा लैजान अर्बौँ मात्रामा खोप तयार पार्नुपर्छ । तर यसअघि नै सम्बन्धित निकायको स्वीकृति प्राप्त गर्नुपर्छ । विज्ञहरुका अनुसार सामान्यतया ६० देखि ७० प्रतिशत मानिसला खोप दिइयो भने रोग नियन्त्रणमा लिन सम्भव छ । यसैले पनि अर्बौँ मानिसलाई खोप उपलब्ध गराउनुपर्ने बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.