प्रचण्डले सचिवालय बैठकको तयारी गरेपछि बालुवाटारबाट ओलीको निम्तो

प्रचण्डले सचिवालय बैठकको तयारी गरेपछि बालुवाटारबाट ओलीको निम्तो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समाधानका लागि शीर्ष नेताको दौडधुप जारी छ। मंगलबार बिहानै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणाजी श्रेष्ठले छलफल गरेका छन्। प्रचण्ड निवास बाहिर भएको भेटमा सचिवालय बैठकको तयारीका विषयमा छलफल भएको स्रोतको दाबी छ। 

शीर्ष तीन नेताको भेटपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको सन्देश बोकेर खुमलटार पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग प्रचण्डले भेट गरेका छन्। 

स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेल पछिल्लो समय प्रधानमन्त्री ओलीको तर्फबाट पार्टी विवादका छलफलमा सक्रिय हुँदै आएका छन्। 

प्रचण्डसँगको भेटमा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर सचिवालय बैठक बोलाउने वातावरण तयार गर्न आग्रह गरेका छन्। अध्यक्ष प्रचण्डले भने पार्टी भित्रको समस्या समाधानका लागि नै सचिवालय बैठक आवश्यक बोलाउने तयारी गरेको बताएका छन्। 

सकेसम्म सहमति गरेर अगाडि बढ्नुपर्ने धारणा पोखरेलले राखेका छन्। प्रधानमन्त्रीको सन्देश बोकेर खुमलटार पुगेर पोखरेल फर्किएको केही घण्टामै प्रचण्डलाई प्रधानमन्त्रीले भेटका लागि बालुवाटार बोलाएका हुन्। 

प्रधानमन्त्री ओलीलाई प्रचण्डसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, प्रवक्ता श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतमसहित पाँच नेताले कात्तिक २२ गते दुई पन्ने लिखित पत्र बुझाएका थिए। 

उता प्रधानमन्त्री ओलीले भने विधान बमोजिम सचिवालय बैठक बोलाउने भन्दै महासचिव विष्णुप्रसाद पौडेललाई सोमबार प्रचण्डसमक्ष सन्देश पठाएका थिए। 

पटकपटकको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्रीले बैठक बोलाउन अस्वीकार गरेपछि प्रचण्डले केही बेरमै सचिवालय बैठक बोलाउने तयारी गरेका हुन्। सचिवालय बैठकको औपचारिक जानकारी नेतासम्म पुग्न नपाउँदै ओलीले प्रचण्डलाई बालुवाटारमा निम्तो गरेका हुन्।  

प्रचण्ड र नेपाल सहितका सचिवालयका ५ नेताले भने शनिबार ओलीसँगको छलफलमा सोमबारसम्मको मौखिक समय सीमा दिएर पार्टी बैठक बोलाउन ओलीसँग आग्रह गरेका थिए। तर, प्रधानमन्त्रीले अर्का अध्यक्ष र पार्टी सचिवालयका अन्य नेतासँग पनि छलफल गरेपछि मात्र बैठकबारे टुंगो लाग्ने बताएका थिए ।

पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्‍त्री ओलीले आफूखुसी राजदूत नियुक्तिको सिफारिस गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै  प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.