बिहारको चुनावमा कडा प्रतिस्पर्धा, को बन्ला मुख्यमन्त्री ?

बिहारको चुनावमा कडा प्रतिस्पर्धा, को बन्ला मुख्यमन्त्री ?

नयाँदिल्ली : भारतको बिहारमा कोरोनाभाइरस महामारीका बावजुद चुनावको माहोल छ । २ सय ४३ सिटका लागि भएको तीन चरणको निर्वाचनको मतगणना अहिले जारी छ ।

जहाँ पछिल्लो मतपरीणाम अनुसार सत्तारुढ दल भारतीय जनता पार्टीको गठबन्धन अगाडि देखिएको छ । उक्त गठबन्धनका तर्फबाट यसअघि तीन पटकसम्म मुख्यमन्त्री भइसकेका नीतिश कुमार यादवलाई अघि सारिएको छ ।

तर उक्त गठबन्धनसँग कडा प्रतिस्पर्धामा छ आरजेडीको महागठबन्धन । भारतीय मिडियाका अनुसार भाजपा गठबन्धनले अग्रता लिए पनि कसले जित्छ अहिले नै यकिन गर्न कठिन छ ।

महागठबन्धनको तर्फबाट युवा नेता तेजस्वी यादव मुख्यमन्त्रीको दावेवार छन् । तेजस्वी पूर्वमुख्यमन्त्री लालु यादवका छोरा हुन् । ३० वर्षीय तेजस्वीले जितेको खण्डमा उनी सबैभन्दा कान्छो मुख्यमन्त्री बन्ने अवसर पाउनेछन् । तर नीतिशले जिते भने उनी चौथो पटक मुख्यमन्त्री बन्नेछन् ।

अर्को तर्फ बिजेपीको धेरै सीट आएको खण्डमा नीतिशलाई छाडेर अन्य दलसँग मिलेर पनि अरुलाई नै मुख्यमन्त्री बनाउनसक्ने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ । स्थानीय मिडियाले जनाए अनुसार बिहारमा लाखौँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता गरेको भाजपाले प्रतिवद्धता पूरा गर्न नसक्दा बिहारमा पछिल्लो समय कमजोर बन्दैगएको छ । तै पनि महामारीका बावजुद बिहारमा आम नागरिकहरु मतदानमा उत्साही देखिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.