कोरोना विरुद्धको औषधि : नेपालकै जडीबुटी परीक्षण

कोरोना विरुद्धको औषधि : नेपालकै जडीबुटी परीक्षण

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण कार्यको नेतृत्व गरिरहेको छ।

परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले औषधिको प्रभावकारिताबारे रिपोर्ट आइनसकेको जानकारी दिए। ‘एक साताअघि क्लिनिकल ट्रायल सुरु भएको हो’, कार्यकारी प्रमुख डा. ज्ञवालीले भने, ‘अहिले त्यसको फलोअप गरिरहेका छौं।’

उनका अनुसार काठमाडौं उपत्यकाबाहिर जनकपुर प्रादेशिक अस्पताल, वीरगन्जस्थित कोभिड अस्पताल र रुपन्देहीस्थित भीम अस्पतालमा क्लिनिकल परीक्षण चलिरहेको छ। औषधिको सकारात्मक प्रभाव परेको र मृत्युदर घटाएको चिकित्सकको दाबी छ। राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिका अध्यक्ष प्रा.डा. देवबहादुर रोकाले कोरोनाविरुद्ध आयुर्वेदिक औषधिको प्रयोग प्रभावकारी भएको जानकारी दिए। ‘ट्रायल परीक्षण प्रभावकारी देखिएको छ। 

प्लाज्मा थेरापी, एन्टी भाइरस औषधिभन्दा आयुर्वेदिक औषधि प्रभावकारी मानिएको छ’, वरिष्ठ कायाचिकित्सक डा. रोकाले भने, परिषद्ले नै संक्रमितको उपचारमा कन्भालेसेन्ट प्लाज्मा थेरापी सुरु गरेको थियो। अहिले १५ वटा अस्पतालमा यसको ‘अब्जरभेसन स्टडी’का रूपमा अनुसन्धान भइरहेको छ। आयुर्वेदिक औषधि सेवन गरेका संक्रमित निको हुने दर बढी रहेको डा. रोकाको भनाइ छ। पछिल्लो समय कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधि र रेम्डेसिभिरको बढी उपयोग गरिएको छ। कोरोनाका साथै निमोनियासमेत भएका गम्भीर बिरामीले रेमडेसिभिरको सेवन गर्दै आएका छन्। नेपालमा रेमडेसिभिर भारतबाट आयात भइरहेको छ। विश्व स्वास्थ्य संगठनले भने कुनै पनि औषधिलाई पूर्ण प्रभावकारी भएको स्विकारेको छैन। कोरोनाको विशेष औषधि नभएकाले संक्रमितको आन्तरिक रूपमा भाइरसविरुद्ध लड्ने क्षमता विकास गर्नुपर्ने डा. रोकाको सुझाव  छ। ‘गुर्जो (गुडुची) पहिलो नम्बरमा प्रभावकारी देखिएको छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। दोस्रोमा जेठिमधु प्रभावकारी मानिएको छ’, डा. रोकाले भने।

यसका साथै अमला, द्राक्षा, सतबरि (कुरिलो)ले रोगसँग लड्ने क्षमता बढाउने उनको दाबी छ। ‘यी औषधिमा त्रिकटु मिसाउने हो भने चिसोबाट हुने दम, खोकीलाई सन्चो गर्छ’, उनले भने, ‘अहिले गुर्जोका साथै जेठिमधु र त्रिकटु मिश्रित औषधिको क्लिनिकल ट्रायल भइरहेको छ। संक्रमितलाई दिइएको औषधि । व्यावहारिक रूपमा पनि प्रभावकारी देखिएको छ। मृत्युदर पनि कम भएको छ ।’ नरदेवी चिकित्सालय, केन्द्रीय आयुर्वेदिकलगायत अस्पतालमा  आयुर्वेदिक औषधिको बढी उपयोग भइरहेको छ।

८१ प्रतिशत निको
नेपालमा कोरोेना संक्रमणबाट निको हुने दर ८१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १ लाख ६० हजार ५ सय ७७ जना निको भएका छन्। कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ।  पछिल्लो २४ घण्टामा ८ सय ५३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। २ हजार ७ सय ३६ जना संक्रमित थपिएका छन्। पछिल्लो २४  घण्टामा २२ जना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ। सक्रिय संक्रमित ३८ हजार ३५ जनामध्ये काठमाडौं उपत्यकामा मात्रै आधाभन्दा बढी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.