दियो बेच्ने आमाको दीपावली
निकेशकी आमाले हिजै कार्यक्रम तय गरेकी थिइन्, भोलि बजार गएर टन्न दीपावलीका सामान खरिद गर्नुपर्छ भनेर। निकेश र उनकी दिदीलाई एउटा सूची बनाउने र नबिर्सीकन आवश्यक सामान किन्ने निर्देशन दिइन्। पतिलाई भनेकी थिइन्– सामान टन्नै किन्नुपर्नेछ। धेरै समय लाग्न सक्छ। दिक्क नमान्ने गरी मानसिक रूपमा तयार हुने नि ! दीपावलीको सामान किनमेलका लागि निकेश आमाबास“गै निस्किए सपिङ मलतिर। निकेशकी दिदीले भने एउटा लामो सूची भाइका हातमा थमाएर भनिन्, ‘मलाई यी चीज ल्याइदिनुस्। म बजार जान्न। सिनेमा हेरेर बस्छु घरमै।’
बजारमा भीडभाड थियो। जताततै दीपावलीको माहोल। निकेशकी आमाले उसका हात दह्रो गरी समातेकी थिइन्। भीड आफ्नै गन्तव्यमा थियो। सपिङकै माहोलमा व्यस्त थिए मानिस। कसैले कसैलाई हेर्ने फुर्सद थिएन। एउटा कुनामा माटोका दियो लिएर ‘दीपावलीका लागि माटोको दियो लिनुहोस्, जम्मा पाँच रुपैयाँ गोटा, लिइदिनुस् न हजुर’ भन्दै तिलचामल झैं देखिने कपाल फुलेकी अधबैंसे महिला चिच्याएको निकेशले सुन्यो। उसले आफ्नी आमालाई इशारा गर्दै भन्यो, ‘आमा, हामीलाई पनि दियो चाहिन्छ नि दीपावलीमा बत्ती बाल्न। किनिदिऊ“ न !’ आमाले भनिन्, ‘कहा“ माटोको दियो किन्ने ? त्यति ठूलो घर छ, बिजुलीका झिलिमिली रङ भएका बत्तीले सजाउने नि। माटोका दियो काम छैन। मलतिर गएर सपिङ गर्नुपर्छ।’
आमाले निकेशको हात तान्दै अघि बढिन्। निकेश तिनै दियो बेच्न बसेकी आमालाई फर्किंदै हेर्दै आफ्नी आमाका हातमा बाँधिइरह्यो। सपिङ मलभित्र छिरेर टन्न सामान किने। फर्किने समयमा मलको कर्नरमा रहेको आइसक्रिम बारमा आइसक्रिम किन्न आमाले इशारा गरिन्। निकेशले आइसक्रिम किनेर २० रुपैया“ फिर्ता आयो। ऊ आमाको हात छोडेर दियो बेच्ने आमाकहा“ पुग्यो र भन्यो, ‘आमा, चारवटा दियो दिनुस् न ! उसको र आमाको दुवैको अनुहारमा एउटा प्रसन्नता खुल्यो।’
‘आमा, दीपावलीको शुभकामना !’ भन्दै निकेश हिँड्यो। आमाको मुखबाट निस्क्यो– बाबु, यो दियो सबै बिक्री भएन भने मेरो दीपावली कसरी शुभ हुन्छ र ? निकेशका आ“खाबाट झन्डै आँसु झरेको थियो। आमाले पनि निकेशको भाव बुझिन् र दुइटा थप दियो हातमा थम्याइदिएर भनिन्– तिमीलाई पनि दीपावलीको शुभकामना ! उसले मोबाइलमा आमाको फोटो लियो र भन्यो, ‘आमा, चिन्ता नगर्नू। तपाईंको सबै दियो बिक्री हुनेछन्।’ आमाको मुहारमा आशाको दियो बल्यो।
निकेश घर पुग्यो, तर उसको मन दियो बेच्ने आमास“गै रह्यो। आफ्नो बाल्यकालमा माटोका दियोमा बत्ती र तेल राखेर घरका कुनाकुना सजाएको कहानी सुनाउने आमाले माटोको दियो बेचेर गुजारा चलाउनुपर्ने आमाको व्यथा किन नबुझेको होला ? आफ्ना बुबास“ग यसपटक दुइटा दियो बढी किनेर बार्दलीमा बालौं न भनेर अनुरोध गरेको कहानी आमाले सुनाउने गर्नुहुन्थ्यो। महँगा सामान किनेर पैसा खर्च गर्दा आउने सन्तोष इज्जत र समाजलाई देखाउनका लागि होला तर कसैको जीवनमा सहयोग हुने, कसैको मुहारमा खुसी आउने काम किन गर्दैन मानिस ? आफ्नो हिजोको अवस्था किन बिर्सन्छ, किन कठोर र निर्दयी छ मानिस मन ! यस्तै कुराले निकेशलाई अशान्त बनाइरह्यो।
निकेशले आफ्नो कम्प्युटर खोल्यो र आमाको फोटो र दियोसहितको फोटोसँगै लेख्यो, ‘आमाको दीपावली शुभ बनाउन हामी सबैले सहयोग गरौं।’ प्रिन्ट निकाल्यो र सडकका छेउछाउमा टा“सिदियो। घरघर पुगेर मानिसका हातमा पर्चा थम्याइदियो। निकेशलाई भेट्ने, त्यो फोटो र मेसेजमा आँखा पुर्याउनेजतिले आमाको दियो किने। आमाका कति दियो बिक्री भयो भनेर निकेश लुकेर हेथ्र्यो। जब दियोहरू सबै बिक्री भए, आमाको निभिसकेको खुसीको दियो अरू प्रज्ज्वलित भएर आयो।
धेरै समयपछि खुसी फर्केर आएको महसुस गर्दै उनी थैलीमा पैसा राख्दै थिइन्। त्यतिबेला निकेश आमाको छेउ पुग्यो र भन्यो, ‘आमा, दियो दिनुस् न !’ ‘बाबु, दियोहरू सबै सकियो। अब त एउटा पनि बा“की छैन !’ आमाको भनाइ सुनेपछि निकेशले हा“स्दै भन्यो– मैले भनेको होइन त सबै दियो बिक्री हुन्छ भनेर ! यति भनेर निकेश साइकलमा कुलेलम ठोक्यो। ‘बाबु, पर्ख त पर्ख भन्दै पछिपछि दौडिँदै थिइन् आमा। उनले बाटोभरि आफ्नो फोटोसहितको पर्चा र त्यसमा लेखिएको मेसेज पढिन्। निकेशको सहयोग र प्रेमले उनका आ“खा अरू प्रज्ज्वलित भए। हर्षका आ“सु बगे र मनमनै निकेशलाई धन्यवाद र प्रेम व्यक्त गरिन्।
दीपावली आफ्नो घर उज्यालो बनाउने पर्व मात्रै कहाँ हो र ? कसैका अनुहारमा आशा र भरोसाको दियो जलाउन सक्नु पनि हो। आफ्नो सानो सहयोगले कसैको जीवनमा ठूलो सहयोगको महसुस हुने काम गर्न सकियो भने मान्नुपर्छ आफूभित्रको ज्ञानको दियो प्रज्ज्वलित रहेछ। आफ्नो प्रज्ञा, समझ र ज्ञानको दियो प्रज्ज्वलित हुन सक्यो भने मात्र बाहिरी उज्यालोको अर्थ सार्थक हुनेछ। आफूभित्रको सहयोगी, मानवीय भावना, करूणा र संवेदनशीलता जागृत हुनु वास्तविक जागरण र प्रकाशमय भएको अवस्था हो।
भगवान् बुद्धले आफ्नो अन्तिम समयमा दिएको सन्देश ‘अप्प दिपो भवः’ को अर्थ पनि त्यही हो– तिमी आफू ज्ञान र प्रज्ञारूपी गुणबाट प्रज्ज्वलित बन। बाहिरको उज्यालोले भित्रको अन्धकाररूपी अज्ञानतालाई उज्यालो बनाउन सक्दैन। घरभित्रको अन्धकार हटाउन घरबाहिर झिलिमिली पारेर हु“दैन। एकपटक सोचौं– हाम्रा कर्म र परिणामले बाहिरै मात्र झिलिमिली पारेका छन् कि भित्रको शान्ति, सुख र आनन्द अनुभूति हुने खालका छन् ? आन्तरिक शान्ति र आनन्द मिल्ने दियो जलाउन नसक्दासम्म तेल सकिएपछि निभ्ने दियो झैं हुन्छ जीवन। केही पायो खुसी, भनेजस्तो भएन दुःख र गुनासोका कथा सिर्जित भइहाल्छन्।
बाहिरको दियो बाहिरी सहयोग पाउ“दा र तेल बाँकी हुँदासम्म मात्र बल्छ भने आन्तरिक दीप निरन्तर प्रज्ज्वलित भइरहन्छ। त्यसलाई अनुभूति गर्ने माध्यम केवल ध्यान हो। सन्तुलित र आदर्श जीवन बा“च्न सिकाउने कला पनि ध्यान नै हो। भौतिकताको चरम सुख र सुविधास“गै भित्रको आध्यात्मिक करूणा स्वभाव जागृत गराउने माध्यम पनि ध्यान नै हो। ध्यानस्थ र जागृत व्यक्तिले मात्र आफूमा आन्तरिक प्रकाशको ज्योति जगाउ“दै अरूका मुहारमा उज्यालोका किरण छर्न सक्छ। बहुजन हिताय, बहुजन सुखायको उज्ज्वल गुणवत्ताको विकास गर्न सकोस् दीपावली।