महोत्तरीमा काठसहित दुईजना तस्कर पक्राउ
बर्दिबास : महोत्तरीको बाँके जंगलबाट दुईजना काठ तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको हरिपूर्वाका गणन राय र हीरा साह रहेको डिभिवन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त प्रसाद साहले जनाए ।
साइकलमा काठ तस्करी गर्दै लैजाँदै गर्दा हाईवे सुरक्षामा खटिएका इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईको नेतृत्व टोलीलाई देखेर साइकल र काठ छाँडेर उनीहरु भागेका थिए । प्रहरीले वन कार्यालयमा जानकारी गराएपछि त्यहाँबाट खटिएको वन सुरक्षा गस्तीको टोलीले जंगलमा लुकेर बसेका दुई तस्करलाई राती नै नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका तस्करहरुबाट ८.४७ क्वीफिट सालको ३ जान गोलीया र तीन वटा साइकल बरामद भएको छ ।‘वनमा हानिनोक्सानी पुर्याउने तस्करमाथि हामीले निगरानीमा राखेका छौं, 'प्रमुख साहले भने,‘चार्डपर्वको मौका छोपेर रुख काटेर काठ तस्करी गर्न तस्करहरु वनमा पस्ने गरेको सूचना छ ।'