उपेक्षामा आयुर्वेद औषधालय

उपेक्षामा आयुर्वेद औषधालय

जनकपुरधाम : देशमा संघीयताको कार्यान्वयनसँगै तीन तहको सरकार स्थापना भएको छ । सरकारले पुरानो संचरनालाई स्तरोन्नती गरी थप सुविधा सम्पन्न बनाउने योजना बनाएर अघि बढ्दैछ । साविकको जनकपुर अञ्चल अस्पतालको व्यवस्थापन तथा सञ्चालनको जिम्मा प्रदेश सरकारलाई आएपछि समाजिक विकास मन्त्रालयले स्तरोन्नति गरी प्रादेशिक अस्पतालमा रुपान्तरण गरेको छ । तर अञ्चलस्तरीय जनकपुर आयुर्वेद औषधालयलाई घटुवा गरेर जनकपुर आयुर्वेद औषधालयमा परिणत गरेको छ ।  

कोरोना संक्रमण व्यवस्थापन, नियन्त्रण तथा सचेतनामा सरकारले अस्पतालाई औषधि, उपकरणलगायत आवश्यक पुर्वाधार विकासको लागि ठूलो रकम खर्चिए पनि आयुर्वेदलाई हेला गरेको छ । जनकपुरधाम उप–महानगरपालिका १४ मुजेलियास्थित जनकपुर आयुर्वेद औषधालयमा शैया अभावमा चिकित्सकले बिरामीहरुलाई बहिरंग (ओपिडी) उपचार  सेवाबाहेक अन्य सेवा दिन सकेको छैन् । 

‘अन्तरंग (ईमेरजेन्सी) सेवाका लागि बेड स्थापना नगरिनुले सरकारले आयुर्वेदमा गरेको उपेक्षा स्पष्ट हुन्छ, जनकपुर आयुर्वेद औषधालयकी प्रमुख सिमा झाले भनिन, 'म यहाँ आएदेखि नै दैनिक बहिरंग (ओपिडी) बाहेक अन्य भरपर्दो सेवा दिन असमर्थ छौं, हामीसँग भौतिक पूर्वाधारदेखि लिएर औषधि, उपकरणको समेत अभाव छ । सेवा प्रवाहका लागि चाहिने आवश्यक जनशक्ति र पूर्वाधार बिकासको अभावमा ओपिडी सेवा मात्र सञ्चालन गरिरहेका छौं ।’   

संघीय, प्रदेश र स्थानीय सरकारको वार्षिक नीति तथा कार्यक्रममा आयुर्वेदिक औषधि र उपचारमा प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै आएपनि व्यवहारमा आयुर्वेदिक औषधालय अझै उपेक्षामा परिरहेको छ । प्रदेश २ सरकारले आव २०७५/०७६ मा प्रादेशिक अस्पताललाई १५० शैयाको प्रादेशिक अस्पताल बनाउने नीति ल्याएपनि अझै कार्यान्वयनमा सरकार गम्भीर बनेको छैन् ।   

२०६० सालमा स्थापित जनकपुर अञ्चल आयुर्वेद औषधालय आफ्नै भवनमा सञ्चालन रहेपनि अझै शैया स्थापना भएको छैन । हाल औषधालयमा १ आयुर्वेदिक चिकित्सक, १ कविराज र १ वैद्य सहित जम्मा ७ जना कर्मचारी कार्यरत छन् । अस्पतालले ल्याव, थेरापी, एक्सरे, अल्ट्रासाउन्ड, अप्रेसन थिएटर, युएसजी, पञ्चकर्म, क्षारसुत्र आदि स्थापना भएकै छैन । आर्थिक वर्ष २०७५/०७६ मा ५० लाखको उपकरण तथा फर्निचर सामग्री खरिद गरिएपनि औषधालयको स्तरोन्नती हुँदा दुई वर्षदेखि थन्क्याइएको छ । 

‘चिकित्सकीय र पूर्वाधार बिकासको अभावमा उपकरणहरु प्रयोग विहिन भएको छ’, वरिष्ठ कविराज निरिक्षक बच्चेलाल साहले भने, ‘बिरानो र असहज स्थानमा भएकोले फाट्टफुट्ट बिरामीहरु मात्र सोधखोज गरेर उपचारका लागि औषधालय सम्म आउँछ ।'

भरपर्दो र दिगो औषधि उपचारका लागि मानिसले आयुर्वेदिक उपचार पद्धतिमा विश्वास गरेपनि अस्पतालको स्तरोन्नति र प्रचार–प्रसारको अभावमा धेरैले उपचार सेवाबारे जानकारी नपाएको बताए । साहले आफूहरुले औषधि खरिदका लागि मन्त्रालयलसँग माग गरेपनि कुनै सुनुवाई नगरिएको कारणले समस्या आएको बताए।

पछिल्लो समय आयुर्वेदिक औषधि र उपचारप्रति आकर्षण बढिरहेको भएपनि सरकारको प्रतिबद्धता अनुरुप अस्पताल निर्माण गरेर उपचार सेवा दिलाउन नसक्दा विरामीले उक्त सेवा भने पाउन नसकेको उपचार गराउन आएका जनकपुर १४ का रामछविला मण्डलले बताए । अस्पतालले गत वर्षदेखि स्वास्थ्य जीवन, योग शिविर, ज्येष्ठ नागरिक र गाउँघर क्लिनिक आदि कार्यक्रम सञ्चालन गर्ने गरेको छ । 

जनकपुर अञ्चल आयुर्वेद अस्पतालमा ४६ प्रकारको आयुर्वेदिक औषधि उपलब्ध हुँदै आएकोमा हाल बिरामीहलाई चेकजाँच पछि २३ प्रकारका आयुर्वेदिक औषधिहरु मात्र निःशुल्क उपलब्ध गराउने गरेको वैद्य निरीक्षक कविराज भोला महतोले बताए । 

‘धेरैले आयुर्वेद अस्पतालमा निःशुल्क उपचार हुन्छ, औषधि पनि निःशुल्क पाइन्छ भनेर आउँछन, तर यहाँ पहिले जस्तौ सबै औषधि उपलब्ध हुँदैन, 'हतोले भने, ‘कोरोनामा जडीबुटीको उपयोग गर्नुपर्ने विज्ञको सुझाव भएपनि प्रदेश सरकारको दृष्टि पुग्न सकेको छैन । कोरोनाबाट बच्न सर्वसधारण दिनहुँ प्रदेश आयुर्वेद औषधालयमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी माग्न आउने गरेपनि बजेट अभावका कारण माग अनुसार दिन सकिएको छैन् ।’
 
नेपालको संविधान र जनस्वास्थ्य ऐन २०७५ मा परम्परागत स्वास्थ्य र आयुर्वेदलाई जगेर्ना गर्ने भनिए पनि यसलाई व्यवहारिक र व्यावसायिक बनाउन नसकिएको सरोकारबालाहरुको गुनासो छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.